कर्णालीको मुगुमा सदस्यसँग नेफ्स्कून 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णालीको मुगुमा सदस्यसँग नेफ्स्कून 

सुर्खेत । कार्णालीको मुगु जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुसँग नेफ्स्कून अन्तरक्रिया गरिएको छ । नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेत द्धारा सञ्चालन गरिएको सदस्यसँग नेफ्स्कून कार्यकम अन्तर्गत सहकारी अभियानमा देखिएका समस्या, चुनौति, नेतृत्वको भूमिका लगायत समग्र सहकारी अभियानका समसामयिक विषयमा छलफल केन्द्रित रहेको थियो । 

कार्यक्रमको अध्यक्षता मुगु जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य गगन बुढाको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा भएको छ । 

कार्यक्रमको विषयवस्तु र नेफ्स्कूनको बारेमा प्रस्तुतीकरण सुर्खेत सदस्य सेवा कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुले ऋण असुलीमा देखिएको समस्या, ऋणको सुरक्षणका लागि राखिएको धितो लिलामी प्रक्रियाको कानुनी प्रक्रिया सम्बन्धी समस्या, सहकारीको प्रवद्र्धन र विकासमा स्थानीय निकायको वेवास्ता लगायतका कारण सहकारी सञ्चालनमा समस्या देखिएको वताएका थिए । 

सहकारी अभियानमा देखिएका विविध समस्याहरुको समाधान, सरकारसँगको पहलकदमी, कर्जा असुलीका लागि आवश्यक थप प्रक्रिया र सहकारी अभियानमा देखिएका चुनौतिका विषयमा अभिभावक संघ नेफ्स्कूनले विशेष ध्यान दिनुपर्ने र सरकारसँग पनि यस विषयमा लविङ गर्नुपर्ने धारणा सहभागीहरुले राखेका थिए । त्यसैगरि कर्णालीको विकट जिल्ला मुगुका सहकारीहरुले सुर्खेतमा सञ्चालन हुने तालिममा सहभागि हुनुपर्दा तालिम शुल्क भन्दा यातायात र बास खर्च बढी हुने भएकाले मुगु, कालिकोट र जुम्ला जिल्लालाई नजिक पर्ने गरी तालिम कार्यक्रम सञ्चालक गर्न माग गरेका थिए । सहभागीहरुले कर्मचारीहरुको क्षमता विकास तालिम, वित्तिय साक्षरता तालिम, भाखा नाघेको ऋण असुली तालिम, ऋण व्यवस्थापन सम्बन्धी तालिम आवश्यक भएको र यस्ता तालिम छिट्टै सञ्चालन गरिदिन समेत माग गरेका थिए । 

कार्यक्रमका सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले कर्णाली प्रदेशको विकट जिल्ला मानिने मुगुको विकास र यहाँका जनताको आर्थिक स्तरमा परिवर्तन ल्याउन सक्षम, सबल र दिगो सहकारी अभियान अपरिहार्य रहेको बताउनुभयो । सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ नेफ्स्कूनले निरन्तर कार्यक्रमहरु अगाडि बढाएको र सदस्यमा स्वजागरण ल्याउने पहिलो कार्य रहेको स्पष्ट पार्नुभयो । कोषाध्यक्ष पनेरुले अहिलेको विश्व वजारमा देखिएको तरलताको प्रभाव नेपालमा पनि परेकोले यसबाट हामी सबैनै अछुतो रहन नसक्ने हुँदा साकोसहरुले पनि सदस्य स्व जागरण अभियान, सदस्यहरुलाई प्रत्यक्ष भेटघाट र सहकारी शिक्षा शिविर सञ्चालन गरी सदस्यलाई नियमित रुपमा भेटघाट गर्ने र उनीहरुका कुरा सुन्नु पर्ने विषयमा जानकारी गराउनु भयो । स्थानिय पालिकासँग समन्वय र सहकार्य गरी आधारशिला कार्यक्रम मार्फत सहकारी अभियान लाई थप बलियो र मजबुत बनाउन सकिने, सहकारीमा स्वनियमन र सुसाशनको पाटोमा पनि अब्बल हुने जानकारी गराउनु भयो । त्यसैगरी ऋण असुलीका लागि सदस्यसँग एकदमै नजिक भएर उनीहरुको समस्यालाई बुझेर सहकारी मैत्रीपूर्ण व्यवहार गरी समाधान गर्नु पर्ने जानकारी गराउँदै सहभागिहरुका जिज्ञासा मेटाउनु  भयो ।

सहकारीको आयकर बृद्धि, कर्जा सूचना केन्द्र, कर्जा असुली न्याधिकरण लगायतका विषयमा नेफ्स्कूनले नियमित रुपमा पहल कदमी गरिराखेको र यसलाई छिट्टै निश्कर्षमा पुगाउनका लागि बहस पैरवी भइरहेको जानकारी गराउनु भयो । सहकारी ऐनमा भएको व्यवस्था विपरीत समग्र अभियानलाई धरासायी बनाउने गरी निर्धारण गरिएको आयकर अविलम्व शंशोधन गरी सहकारी ऐन, २०७४ बमोजिमकै ब्यवस्था कायम गर्न र सहकारीमा आवद्ध सदस्यको बचतमा प्राप्त गर्ने ब्याज कर समेत साविक बमोजिम नै कायम गर्ने गरी बचत तथा ऋण सहकारी अभियानको पुनरोत्थानको लागि राहत प्याकेज समेत घोषणा गर्न नेफ्स्कूनले जोडदार माग गरी प्रेस वक्तव्य समेत जारी गरि सकेको जानकारी गराउनु भयो । 

भर्खरै
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२१ घण्टा अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

४ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

४ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

४ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

४ दिन अगाडि

चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

७ दिन अगाडि

SME GG LOOP परियोजना अन्तर्गत दश दिने  तालिम सुरु
SME GG LOOP परियोजना अन्तर्गत दश दिने तालिम सुरु

८ दिन अगाडि

Notice
Notice

८ दिन अगाडि

लोकप्रिय
Notice
Notice

८ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२४ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२२ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३२ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

३१ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

३७ दिन अगाडि

पाठकबाट थप