बर्दियामा बजार प्रतिनिधिको क्षमता विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दियामा बजार प्रतिनिधिको क्षमता विकास तालिम सञ्चालन 

बर्दिया । बर्दिया जिल्लाको भुरीगाउँमा सहकारीका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सञ्चालन भएको छ । तालिममा बर्दिया जिल्लाका विभिन्न सहकारी संस्थाबाट गरी २३ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बाँके सदस्य सेवा कार्यालय फिल्ड व्यवस्थापन उपसमिति सदस्य विकुधर चौधरीको अध्यक्षता रहेको तालिम उद्घाटन सत्रमा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष नवराज न्यौपाने र विशिष्ट अतिथिमा जिल्ला सहकारी संघ लि का सचिव चित्र प्रसाद खनाल रहनुभएको थियो । 

कार्यक्रमका प्रमुख अथिति न्यौपानेले सरकारले नेपालको संविधानले सुनिश्चित गरेको मर्मअनुसार सहकारी क्षेत्रलाई प्राथमिकतामा नराखेकोले सहकारी सझै ओझेलमा परेको बताउनुभयो । नेफ्स्कूनले संञ्चालन गरेको गुणस्तर सुनिश्चिताका कार्यक्रमले संस्थामा सुशासन स्थापित गर्न र दिगो बनाउन महत्वपूर्ण भुमिका निवाह गदै आई रहेकोले उक्त कार्यक्रममा अनिवार्य सहभागि हुनुपर्नेमा जोड दिनुभएको थियो ।

जिल्ला सहकारी संघका सचिव खनालले सहकारी अभियान माथि चौतफीं हमाला भई रहेको विषम परिस्थिमा महत्वपूर्ण विषयमा तालिम आयोजना गरेकोमा नेफ्स्कूनलाई बर्दिया जिल्लाको सहकारी अभियानको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

बजार प्रतिनिधिको बोली, व्यवहार र बचनले संस्थाको छवि झल्काउनु पर्ने दायित्व बजार प्रतिनिधिको भएकोले यो तालिमले उक्त अभाव पूर्ति गर्ने विश्वास सहभागी बक्ताहरुले व्यक्त गर्नु भएको थियो । 

उद्घाटन शत्रका अध्यक्ष चौधरीले अहिले अभियान माथि धेरै चुनौतीहरु सृजना भई रहेकोले चुनौती भित्र अवसरको सृजना गर्न यो तालिम सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्नु भएको थियो । 

बजार प्रतिनिधि बजार र संस्थालाई जोड्ने पुलको रुपमा काम गर्ने भूमिकामा भएकोले उसको क्षमता विकासले संस्थागत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । दूई दिन सम्म चल्ने तालिमको सहजिकरण नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेका प्रमुख छत्र प्रसाद धमालाले गर्नुभएको छ । तालिम उद्घाटन शत्रको संञ्चालन बाँके सदस्य सेवा कार्यालय सहायक पुस्पराज तिमिल्सेनाले गर्नु भएको थियो भने स्वागत सहित उदेश्य माथि प्रकास सदस्य सेवा कार्यालय प्रमुख छत्र प्रसाद धमालाले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप