महिला जागृती साकोसको आयोजनामा सत्रौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला जागृती साकोसको आयोजनामा सत्रौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

मकवानपुर । महिला जागृती साकोस, भिमफेदी गाउपालिका वडा नं.–६, हेटौडा, मकवानपुरको आयोजना र नेप्mस्कूनको प्राविधिक सहयोगमा मध्य तराई दोस्रो समुहको सत्रौैँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मकवानपुरको हेटौडामा सम्पन्न भएको छ । 

कार्यशालामा पूर्ण तथा व्यवसायिक कार्यक्रम प्रोबेसनमा आबद्ध मकवानपुर जिल्लाका ११ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापन साथै आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी ३५ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष रिता आलेको अध्यक्षता, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्र्रमुख आतिथ्यता र जिल्ला बचत संघ मकवानपुरको अध्यक्ष कल्पना श्रेष्ठको विशेष आतिथ्यता कार्यक्रममा रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि लामाले सहकारी संस्थाहरुमा सुशासन कायम गर्न स्तरीकरण कार्यक्रम र यस प्रकारका समिक्षा गोष्ठीहरुले सहयोग पुर्याउने बताउनुभयो । उहाँले सरकारले आगामी आर्थिक बर्षको बजेट बक्तव्य मार्फत सहकारीको आयकर र बचतको व्याज करमा वृद्धि गरेको विषय अत्यन्त नकारात्मक रहेको भन्दै यसमा केन्द्रीय संघहरुको भूमिका सबल हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा मकवानपुर सदस्य सेवा कार्यालयका इन्चार्ज ज्योती महत, कार्यक्रम अधिकृत द्वय यमकला पौडेल र सुरज चालिसे सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सहभागी साकोसहरुमध्येबाट उत्कृष्ठ प्रस्तुती गर्ने महिला एकता साकोसकी व्यवस्थापक सर्मिला ढुंगानालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहभागी साकोसहरु सबैले आ आफ्ना संस्थागत विविध जानकारीहरु समेटिएको प्रस्तुती राख्नुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाका उपाध्यक्ष चेतकुमारी पुडासैनीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन निर्मला कुमारी थापाले गर्नु भएको थियो ।

 आगामी अठारौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बज्रबाराही साकोसको आयोजना सम्पन्न गर्ने निर्णय भएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप