बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कून र सहकारी विभागमा स्वागत, दुईदेशीय सहकारी अभ्यास आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कून र सहकारी विभागमा स्वागत, दुईदेशीय सहकारी अभ्यास आदानप्रदान

काठमाडौं । नेपालको सहकारी तथा साकोस अभियानबारे जानकारी लिन जेष्ठ १३ गते नेपाल आइपुगेको बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (सिसियुएलबी) प्रतिनिधि सम्मिलित १५ सदस्यीय टोलीलाई आज नेफ्स्कून र सहकारी विभागले स्वागत गरेको छ । विहान नेफ्स्कूनको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र महासचिव दामोदर अधिकारीले स्वागत गर्नुभएको थियो ।  

१५ सदस्यीय भ्रमण टोलिमा बङ्गलादेशको सहकारी विभागका उप–रजिष्ट्रार, जिल्ला सहकारी कार्यालयका अधिकृत, बङ्गलादेशी केन्द्रीय बचत तथा ऋण सहकारी संघ लि.अर्थात् द कोअपरेटिभ क्रेडिट युनियन लीग अफ बङ्लादेश (सिसियूएलबी) का सञ्चालक तथा कर्मचारी, विभिन्न प्रारम्भिक बचत ऋण सहकारीका अध्यक्ष तथा कर्मचारी सम्मिलित छन् । 

स्वागतका क्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले दुई देशबीचको बचत ऋण सहकारी अभियान अन्तर्गत हुँदै आएको सद्भाव भ्रमणले दुवै देशको सहकारी प्रवर्धनमा टेवा पुग्नुको साथै सिकाई अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त हुने बताउनुभयो । 

कार्यक्रममा नेपालको बचत तथा ऋण सहकारी अभियानको संक्षिप्त जानकारी र गतिविधि सहितको प्रस्तुती नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गराउनुभएको थियो । 

त्यसैगरि आजै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बंगलादेशी सहकारी भ्रमण टोलिलाई विभागमा स्वागत गर्नुभएको थियो । रजिष्ट्रार घिमिरेले दुई देशबीच हुने सहकारी अवलोकन भ्रमण अत्यन्त सकारात्मक रहेको र यसले असल अभ्यास र सिकाई आदानप्रदानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिसियूएलबी प्रतिनिधिहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै नेपालको सहकारी अभियान, संवैधानिक व्यवस्था र नेफ्स्कून र विभागबीचको सहकार्यात्मक सम्बन्धका आयामहरुबारे प्रकाश पार्नुभएको थियो । विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले नेपालको सहकारी अभियान, राज्यका नीति नियम र सहकारी विकासमा विभागको भूमिकाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

त्यसैगरि सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य विष्णु पौडेलले पनि सिसियूएलबी को भ्रमण टोलिलाई स्वागत गर्नुभएको थियो । 

सिसियूएलबी प्रतिनिधि सम्मिलित टोलिले भ्रमणका क्रममा दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र काठमाडौंको चन्द्रागिरीमा रहेका उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको अवलोकन साथै दुई देशिय क्रेडिट युनियनको अनुभव साटासाट गरेको छन् । 

नेफ्स्कून र सिसियूएलबी बीच विगत डेढदशक भन्दा अघिदेखि सौहार्दपूर्ण पारस्परिक सम्बन्ध रहँदै आएको छ । दक्षिण एशियाका दुई असल छिमेकीका बचत ऋण सहकारीहरुका शीर्ष संघबीच एक अर्काको साकोस अभियानका असल अभ्यासहरु सद्भावना भ्रमणमार्फत आन्तरिकीकरण गर्ने संस्कृति विकास भएको छ । त्यसैको निरन्तरता स्वरुप दुई केन्द्रीय संघबीच भएको यो २७औं सद्भावना भ्रमण हो । गत वर्ष असारमा नेफ्स्कून र सरकारी अधिकारीहरु सम्मिलित टोलीले बङ्गालदेश भ्रमण गरेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप