एक्सेस मेची कोशी प्रथम समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस मेची कोशी प्रथम समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

सुनसरी । एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस अन्तर्गत मेची कोशी क्लष्टर प्रथमको ३३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

सुनसरीको इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको कार्यक्रममा क्लष्टरमा आबद्ध ७ साकोसका पदाधिकारी, व्यवस्थापन प्रमुख र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

आयोजक महिला साकोसकी उपाध्यक्ष मिनु न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेश रजिष्ट्रार कार्यालयका नि. रजिष्ट्रार हरि बहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रममा बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदीको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि खत्रिले असल अभ्यास गरि सुशासन कायम गर्नु सहकारी संस्थाको प्राथमिक कार्य भएको र रजिष्ट्रार कार्यालयले अब्बल र सुशासन कायम भएका मध्ये उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने गरि नीति पास गरेको बताउनुभयो ।

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले ऋण, यसका सिद्वान्त, क्रेडिट रिस्क रेटिङ मापन, सदस्य सम्बन्ध विकास, जोखिम व्यवस्थापन लगायतका विषयवस्तुहरुको प्रस्तुतीसहित सहकारी अभियानका विद्यमान समस्या तथा चुनौतिहरुबारे प्रष्ट पार्नुभएको थियो । 

कार्यक्रमको सञ्चालन संस्थाका सचिव पद्मा देवि पन्दाकले गर्नुभएको थियो ।

क्लष्टरमा ३ जिल्लाका ७ साकोसः सहारा साकोस, मोरङ साकोस, महिला साकोस, इटहरा साकोस, मनकामना साकोस, किसान कल्याण साकोस र रमाइलो जनएकता साकोस सहभागी छन् । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप