‘सहकारी लोकतान्त्रिक विधिबाट नियन्त्रण हुने संस्था हो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी लोकतान्त्रिक विधिबाट नियन्त्रण हुने संस्था हो’

मोरङ । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सरकारले सहकारीलाई नियन्त्रण गर्ने कुरा राम्रो नभएको बताउनुभएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको आयोजनामा  गत शनिबार मोरङमा सम्पन्न अध्यक्ष सचिव गोष्ठी सम्बोधनका क्रममा बोल्दै उपरजिष्ट्रार उपाध्यायले सरकारले सहकारी नियन्त्रण गर्नु भनेको सहकारी अभियान प्रतिको प्रहार हुने उहाँको भनाई थियो । सहकारी स्वनियमको लोकतान्त्रिक विधिबाट नियन्त्रण हुने संस्था हो, जसरी हामी यसको सिद्धान्तलाई आत्मसाथ गर्दै सोही अनुसार अभ्यास गर्दै आयौं सोही अनुसार हामी आफूलाई परिक्षण गर्छौं । त्यसैले अहिले सबैले आफूले आफैंलाई म म भन्न जरुरी छ ।’ उहाँले बताउनुभयो, अर्थतन्त्र सबैसँग निर्भर भएका कारण सहकारी क्षेत्र मात्र राम्रो भन्ने नभई विश्वमा अर्थतन्त्रमा आउने उतारचढावले सहकारी क्षेत्रमा पनि समस्या आउने बताउँदै उपाध्यायले अर्थतन्त्रमा आएका उतारचढाव र समस्याका बीचमा उठ्न सकेका सहकारी संस्था नै वास्तविक सहकारी भएको बताउनु भयो । 

उपरजिष्ट्रार उपाध्यायले सरकारले सञ्चालन गरेको कोपोमिस कार्यक्रममा पनि सबै सहकारीलाई आवद्ध हुन आग्रह गर्नु भयो । कोपोमिस मार्फत सहकारीको डाटा आएमा एकिन अवस्था थाहा हुने र नीति नियम बनाउन पनि विभागलाई सजिलो हुने बताउनु भयो ।

कार्यक्रममा जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेम प्रकाश कोइरालाको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुुख आतिथ्यता रहेको थियो । 

जिल्ला बचत संघ मोरङको आयोजना तथा नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले पुनरुत्थानका लागि सामाजिक एकता अर्थतन्त्र तथा सहकारीमा स्वनियमन र सुशासन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा पूर्व संघिय सांसद तथा सहकारी अभियन्ता घनश्याम खतिवडाले आफू सांसद हुँदा पनि सहकारीका विषयलाई नै प्राथमिकतामा राखेर बोलेको र अहिले सरकारले बढाएको करको दायरालाई घटाउनुपर्नेमा वहाँले जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले अहिले देखिएको विकृति र समस्याको अन्त्यका निमित्त सहकारी अभियान लागिरहेको र लागि रहने बताउनु भएको थियो । 
बचत संघका पूर्व अध्यक्ष चन्द्रप्रसाद गौतमले त्यो बेला सञ्चारको सुविधा नभए पनि एक आपसमा खबर गरेर संघको स्थापना गर्न सफल भएको बताउँदै आज यो अवस्थामा आएको बताउनु भयो । कार्यक्रममा संघको बारेमा बोल्दै बचत संघका अध्यक्ष प्रेमप्रकाश कोईरालाले पहिला सहकारीमा पनि विविधता रहेकाले एकै प्रकारको बनाउने काम गरेको बताउनु भयो । सहकारी अभियानमा अग्रणी संघको रुपमा रहेकोले सहकारीको वोर्ड, लोगोहरु सबै एकै किसिमको बनाउनु पर्छ भनेर बचत संघ मोरङले भूमिका खेलेको बताउनु भयो ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै बचत संघकी महिला उपाध्यक्ष सिता लामिछानेले सहकारी क्षेत्रमा महिलाको सहभागिता बढी भएपनि नेतृत्व तहमा कम भएको बताउनु भयो ।
कार्यक्रममा संघको संस्थापकहरुलाई सम्मान समेत गरिएको थियो । 

बचत संघ मोरङका अध्यक्ष कोईरालाले संघले तरलता व्यवस्थापन कोष १० बर्ष अगाडि देखि सञ्चालन गर्दै आएको बताउँदै अहिले निकै प्रभावकारी भएको र बचत संघमा आवद्ध कुनै पनि सहकारीले तरलताको समस्या भोग्नु नपरेको बताउनु भयो । तरलता व्यवस्थापन कोष अहिले संघको दिगो र जीवन्त कार्यक्रमको रुपमा अगाडि बढेको पनि उहाँले जानकारी दिनु भयो । सहकारी एकीकरणको सुरुवात पनि बचत संघ मोरङले नै सुरुवात गरेको बताउँदै अहिले संघले साथी संघ प्रवर्धन कार्यक्रम सुरुवात गरेको जानकारी गराउनुभयो । 

त्यसैगरी कार्यक्रममा बचत संघका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले संघको बर्तमान अवस्था र कारोबारको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदन अनुसार बचत संघमा २६७ वटा सहकारी आवद्ध मध्ये एक्सेस कार्यक्रममा ११ वटा सहकारी आवद्ध भई हालसम्म ३ वटाले ब्राण्ड पाईसकेको र प्रोवेशनमा आवद्ध १३ वटा सहकारी मध्ये ४ वटाले  ब्राण्ड पाईसकेको जानकारी गराउनुभयो । त्यसैगरि कर्ब्स कार्यक्रममा ३७ वटा सहकारी आवद्ध रहेको जानकारी गराउनुभयो । 

अध्यक्ष प्रेमप्रकाश कोईरालाले सहकारीको प्रवर्धन र विकासका लागि जिल्ला बचत संघ मोरङ जहिल्यै सक्रिय रहने र सदस्य संस्थाहरुका लागि उपयोगी बन्दै यस्ता उपलब्धिमूलक तालिम गोष्ठी सञ्चालन गर्दै सहकारीको उत्थानमा लागि रहने जानकारी दिंदै उक्त कार्यक्रमको समापन गर्नु भयो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ घण्टा अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

१ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

४ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

४ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

४ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

५ दिन अगाडि

चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

७ दिन अगाडि

SME GG LOOP परियोजना अन्तर्गत दश दिने  तालिम सुरु
SME GG LOOP परियोजना अन्तर्गत दश दिने तालिम सुरु

८ दिन अगाडि

लोकप्रिय
Notice
Notice

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२४ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२२ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३२ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

३१ दिन अगाडि

पाठकबाट थप