चितवनमा जोखिम व्यवस्थापनका उपाय विषयक कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा जोखिम व्यवस्थापनका उपाय विषयक कार्यक्रम सञ्चालन

चितवन । पुर्वी चितवनका सहकारीहरुका लागि सहकारीमा जोखिम व्यवस्थापनका उपायहरु विषयक कार्यक्रम सञ्चालन गरिएको छ । टाडी सदस्य सेवा केन्द्रको आयोजनामा जेष्ठ २२ गते सञ्चालित एक दिवसिय कार्यक्रममा २३  वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति÷प्रतिनिधि र व्यवस्थापकहरु गरी ३६ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्ने क्रममा नेफ्स्कून लेखा सुपरिवेक्षण समिति संयोजक नबराज सापकोटाले सहकारी संस्थाहरुमा आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासन र नीति नियम निर्माण र परिपालनाको कमी कमजोरीका कारण विद्यमान समस्या सिर्जित भएको बताउनुभयो । उहाँले जोखिम रहित सहकारी संस्था निर्माण गर्नको लागि नीति, नियम र सिद्धान्त परिपालनामा ध्यान दिनु अपरिहार्य रहेको बताउनुभयो । आर्थिक संकटको यस अवस्थामा सहकारीलाई जोगाउनको लागि स्तरिकरण कार्यक्रम तथा स्थिरीकरण कोषमा जोडिनका लागि  आग्रह गर्नु भयो । ऋण लगानीको भन्दा भाखा नाघेको ऋण असुली र तरलता व्यवस्थापनमा विषेश जोड दिन समेत आग्रह गर्नुभएको थियो । लगानी गर्दाको अवस्थामा विना धितोको ऋणमा भन्दा धितो सहितको ऋण लगानीमा जोड दिनको लागि समेत आग्रह गर्नुभयो । 

कार्यक्रम सहजीकरण संघका कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो । उहाँले संस्थामा हुनसक्ने जोखिम के हो ? न्यूनिकरण गर्न सकिने कार्यहरु र विभिन्न शिर्षकका जोखिमहरु जस्तै वित्तिय जोखिम, ऋण जोखिम, सञ्चालन जोखिम, आन्तरिक नियन्त्रण जोखिम र कानुनी जोखिमका बारेमा चर्चा गरी सोको समाधानका विषयहरुमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रम सञ्चालन चितवन सदस्य सेवा कार्यालयका प्रमुख रिषभराज रेग्मीले गर्नुभएको थियोे । साथै कार्यक्रम व्यवस्थापन सहजीकरण टाडी सेवा केन्द्रका ईन्चार्ज केदार अधिकारीले गर्नुभएको थियोे ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप