जुम्लामा सदस्यसँग नेफ्स्कून कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जुम्लामा सदस्यसँग नेफ्स्कून कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशको जुम्ला जिल्लामा सहकारी संस्थाहरुको स्वजागरण अभियान अन्तर्गत गत शुक्रवार जुम्ला जिल्लाका साकोसहरुसँग सदस्यसँग नेफ्स्कून कार्यकम सम्पन्न भएको छ । 

कार्यक्रम जुम्ला जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष धनजित बुढाको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई जुम्ला जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष धनजित बुढाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वागत मन्तव्यमा उपस्थित सहभागीहरुलाई कामको व्यस्तताको समयमा पनि उपस्थित भई कार्यक्रमलाई प्रभावकारी बनाई दिनु भएकोमा र नेफ्स्कूनले जुम्ला जिल्लामा रहेका सहकारी संस्थाहरुलाई हालको सहकारी अभियानको बारेमा जानकारी गराउने कार्यक्रम सञ्चालन गरी दिएकोमा धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।  

केन्द्रीय संघले सञ्चालन गरेको जिल्ला सहकारी संघ साझेदारी कार्यक्रमलाई जुम्ला जिल्लामा पनि कार्यान्वयनमा लिई जुम्ला जिल्लाको सहकारी अभियानलाई थप बलियो र सुदृढ बनाउनका लागि पहल गरिदिनु पर्ने बताउनु भयो । सहकारी संस्थामा सदस्यहरुले सञ्चालकको भूमिका लागि हामीहरुलाई विश्वास गरेर पदाधिकारीका लागि चयन गरेको तर हामीहरुले सहकारी कसरी सञ्चालन गर्ने, सञ्चालकको भूमिका के हो ? जस्ता विषयमा सामान्य जानकारी नभएकोले नेफ्स्कूनले छिट्टै सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिबृद्धि, सहकारी सञ्चालन, व्यवस्थापन, विद्यमान ऐन र नियम कानूनका बारेमा तालिम सञ्चालन गरिदिनु पर्ने कुराको माग राख्नु भयो । सहकारी सञ्चालन तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सहकारी संस्थामा ऋण असुलीमा ब्यापक समस्या देखिएको, मिडियामा आएका समाचारहरुले सहकारी सञ्चालनमा समस्या देखिएको जानकारी गराउनु भयो । सञ्चालकहरुले लिएको ऋणमा बढी समस्या देखिएको बारेमा पनि जानकारी गराउनु भयो । पत्रपत्रिकामा आउने भ्रामक समाचारहरुले गर्दा सदस्यहरुको सहकारी प्रतिको विश्वास घटेको जानकारी गराउनु भयो । स्थानिय तहसँगका कार्यक्रम सञ्चालनका लागि नेफ्स्कूनले पहल कदमी गरिदिनु पर्ने कुराको माग राख्नु भयो । 

कोषाध्यक्ष पनेरुले जुम्ला जिल्लाको सहकारी अभियानलाई सक्षम, सवल र दिगो वनाउनका लागि नेफ्स्कून सधै प्रतिवद्ध रहेको जानकारी गराउनु भयो । जिल्ला संघलाई सक्षम बनाउनका लागि नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम गरि अगाडी बढ्न चाहेको जानकारी गराउनु भयो । जुम्ला जिल्लाको सहकारी अभियानलाई थप सवल बनाउन जिल्ला बचत संघले पनि सक्रिय भूमिका निर्वाह गर्नु पर्ने जानकारी गराउनु भयो । विश्व वजारमा देखिएको तरलताको प्रभाव नेपालमा पनि परेकोले यसबाट हामी सबैनै अछुतो रहन नसक्ने हुँदा साकोसहरुले पनि सदस्य स्व जागरण अभियान, सदस्यहरुलाई प्रत्यक्ष भेटघाट गरी उनीहरुका कुरा सुन्नु पर्ने विषयमा जानकारी गराउनु भयो । स्थानिय पालिकासँग समन्वय र सहकार्य गरी आधारशिला कार्यक्रम सञ्चालन गरि चन्दननाथ नगरपालिकाको सहकारी अभियानलाई थप बलियो र मजबुत बनाउन सकिने जानकारी गराउनु भयो । 

सदस्य सँग नेफ्स्कून अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको विषयवस्तु र नेफ्स्कूनको बारेमा प्रस्तुतीकरण सुर्खेत सदस्य सेवा कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप