सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या बढेको हो : सचिव रेग्मी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या बढेको हो : सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या बढेको बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय’ विषयक अन्तरक्रियामा उहाँले सहकारीको आन्तरिक सुशासनका लागि अभियानले के गर्यो भन्ने प्रश्न राख्नुभएको थियो ।

‘केही सहकारीमा समस्या आएपछि सबैमा समस्या आयो भन्न मिल्दैन, गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उहाँले भन्नुभयो, ‘रजिष्ट्रारले सही मनसायले गरेको काममा आफ्नो पूर्ण समर्थन रहन्छ ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनुपर्ने बताउनुभयो । ऐन कानुन प्रभावकारी कार्यान्वयन भएको खण्डमा अहिलेको जस्तो समस्या नआउने उहाँको तर्क थियो ।

‘बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढेका कारण सहकारीको पैसा बैंकमा जाँदा पनि समस्या भयो,’ उहाँले भन्नुभयो, ‘स्वचालित तरिकाले ब्याजदर निर्धारण गर्नुपर्छ ।’ सरकारले ऋण असुली न्यायाधीकरण ल्याएको भए कर्जा उठाउन सहज हुने दाबी उहाँको थियो । कध्यक्ष कडेलले सरकारसँग महासंघले गरेको माग पूरा नभए आन्दोलन पुनः सुरु हुने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले अभियानको ट्रयाकमा आएका सहकारीकै नियमन गर्न नसकेको अवस्थामा ट्रयाकबाहिर भएकालाई नियमन गर्न झन् समस्या भएको बताउनुभयो । ‘आठ हजार सहकारी ट्रयाकमा छन् र आठ हजारभन्दा बढी ट्रयाक बाहिर छन्,’ उहाँले बताउनुभयो ।

पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले सहकारी संस्थाहरु सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताउनुभयो । ‘सहकारी क्षेत्र सबै क्षेत्रमा अन्तरसम्बन्धित भएको, सबै क्षेत्रसँग जोडिने, संविधानले बढी प्राथमिकता दिएको क्षेत्र हो,’ उहाँले भन्नुभयो, ‘सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नबस्दा समस्या बढेको हो ।’

राजनीतिक छाता ओढेका, प्रभुत्व बढी भएका तथा सञ्चालक र व्यवस्थापक एकै व्यक्ति भएका सहरकारीमा समस्या देखिएको स्पष्ट पार्नुभयो । अहिले सहकारीहरु बैंकजस्तो बन्न खोजे, सहकारी अभियानले सदस्य हितभन्दा सञ्चालकको हितमा आन्दोलन गर्यो, जसका कारण स्वार्थको द्वन्द्व बढेको छ,’ मैनालीले भन्नुभयो, ‘त्यसमाथि वित्तीय अवस्थाको लेखाजोखा नहुँदा धेरै मानिस पीडित बन्नुपरेको छ ।’

‘अहिले एकै कार्यक्षेत्रमा प्रतिस्पर्धा बढेको, सदस्य तथा सहकारीको व्यवसाय एकै प्रकारको भएको तथा सरकारी अभियान स्वार्थमा लाग्दा पीडित नियामक निकायमा नगई जिल्ला प्रशासन कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा जानुले नियामकप्रतिको विश्वास कम हुँदै गएको स्पष्ट हुन्छ,’ उहाँले भन्नुभयो ।

सहकारीको समस्या समयमै समाधान नगरे वित्तीय संकट आउन सक्ने उहाँको भनाई थियो । ‘सरकारलाई पीडितले गुनासो गरे भने सहकारीमै जानुस् भन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारले संस्था दर्ता मात्रै गरेको छ, ठगिएका जनताले कहाँ गएर न्याय पाउने, राज्य कहाँ छ ? ‘

सहरकारीको बचत बिमा गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । ‘चार–पाँच लाखको सीमा राखेर बचत रकमको बिमा गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘सहकारीलाई नियमन गर्न राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति जस्तै विभागले पनि नीति ल्याउनुपर्छ ।’
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप