साकोसहरुका लागि सदस्य सम्बन्ध व्यवस्थापन तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुका लागि सदस्य सम्बन्ध व्यवस्थापन तालिम सञ्चालन 

बर्दियामा सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा कार्यालय नेपालगञ्जको अयोजनामा गत आइतबार बर्दियाको भुरिगाउँमा आयोजित तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 

लुम्बिनी प्रदेश बचत संघका सञ्चालक उदय बहादुर खत्रीको अध्यक्षाता र नेफ्स्कून साकोस म्यानेजर्स क्लब लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद रिजालको आतिथ्यतामा तालिमको समापन भएको  थियो । 

प्रदेश बचत संघका सञ्चालक खत्रीले सदस्यको जीवनस्तर परिवर्तनका लागि सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सदस्य सहकारीका ग्राहक नभएर मालिक भएको र सहकारीका सञ्चालक समिति तथा कर्मचारीहरुले सम्पूर्ण सदस्यहरुसँग मालिकको जस्तो सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिनुभयो । सदस्यसँग गरिने व्यवहार, बोलि बचन र प्रयोग हुने भाषशैलि सम्मानजनक रहनुपर्ने उहाँको भनाई थियो ।  

तालिमको सहजिकरण नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेका इन्चाज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । तालिमको उद्घाटन तथा शुभारम्भ नेफ्स्कून सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य एवं जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटाले गर्नु भएको थियो । समापन कार्यक्रमको सञ्चालन बाँके सदस्य सेवा कार्यालय नेपालगञ्जका कार्यालय सहायक पुष्पराज तिमिल्सिनाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप