चितवनमा साकोसहरूका लागि वार्षिक योजना तथा बजेट निर्माण योजना तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा साकोसहरूका लागि वार्षिक योजना तथा बजेट निर्माण योजना तालिम सञ्चालन

चितवन र नवलपुरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण योजना तालिम प्रदान गरिएको छ । जेष्ठ २३ र २४ गते सञ्चालित तालिममा दुवै जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, विभिन्न उप समिति, व्यवस्थापक र कर्मचारी गरी ४६ जनाको उपस्थिति रहेको थियो ।

तालिम शुभारम्भ समारोहमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव एवं तालिम तथा श्रोत केन्द्र व्यवस्थापन उप समिति संयोजक दामोदर अधिकारीको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुखत्व,  नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, जिल्ला बचत संघ लि. चितवनका सचिव सुदिप रेग्मीको विशेष उपस्थिति रहेको थियो ।
 
कार्यक्रमका प्रमुख व्यक्तित्व परितोष पौड्यालले संस्थाको दिगो र संस्थागत विकासका लागि व्यवस्थापकहरु उर्जाशिल र बढी जिम्मेवार रहनुपर्ने बताउनुभयो । संस्थाको जस अवजसको जिम्मेवारी पनि व्यवस्थापकमा पर्ने भएकोेले संस्थागत निर्णय गर्दा व्यवस्थापकले विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई थियो ।

महासचिव दामोदर अधिकारीले अघिल्ला वक्ताहरुको भनाईलाई समर्थन गर्दे सदस्यहरुको अविश्वासलाई विश्वासमा जोड्न सहकारीले सदस्य स्वजागरण कार्यक्रमलाई ध्यान दिन अनुरोध गर्नुभयो । संकटका अवस्थामा बजेट निर्माण गर्दा संस्थामा मानव संशाधन विकास, उत्पादनमुखी कार्यक्रम, कर्मचारी आचारसंहिता, तरलता संकट व्यवस्थापन वा जोखिम व्यवस्थापनलाई समेत समावेश गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कून लेखा सुपरिवेक्षण समितिका संयोजक सापकोटाले सहकारीहरुको अवको आवश्यकता भनेको स्तरीकरण र स्थिरीकरण कोषका साथै प्रविधिमैत्री संस्था निर्माण रहेको जानकारी गराउनुभयो । नेफ्स्कूनले प्रविधिमा एकरुपताको अवधारण सहित माइरा सफ्टवेयर अगाडि ल्याएको र यसमा संघका सम्पूर्ण डाटाहरु अपडेट गराइसकेको समेत जानकारी गराउनुभयो । 

तालिमको सहजीकरण नेफ्स्कून तालिम अधिकृत कोमलराज अधिकारीले र कार्यक्रम सञ्चालन चितवन सदस्य सेवा कार्यालयका इन्चार्ज रिषभराज रेग्मीले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण कार्यक्रम अधिकृत सुरज चालिसे र प्राविधिक कर्मचारी अर्जुन गुरुङले गर्नुभएको थियोे ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप