सहकारी प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरिने : गाउँपालिका अध्यक्ष विष्ट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरिने : गाउँपालिका अध्यक्ष विष्ट

दाङ्ग । जिल्लाको राप्ती गाउँपालिकाको सहयोगमा सञ्चालित आधारशिला कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी बुधबार सम्पन्न भएको छ । स्थानीय तहको मातहतमा रहेका ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुको प्रभावकारी सञ्चालन, वित्तीय पहुँच अभिवृद्धि र सहकारी संस्थाहरुको दिगो संस्थागत विकास हेतुले नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत बुधबार कार्यक्रम समिक्षा तथा अन्तरक्रिया गरिएको थियो । 

नेफ्स्कूनका सञ्चालक तथा लुम्बिनी प्रदेश संयोजक सन्दीप सापकोटाको अध्यक्षता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

गाउँपालिकाका अध्यक्ष विष्टले पालिकाभित्र सञ्चालित सहकारीहरुको स्तरोन्नती गरि सुशासन कायम गर्न, तालिम तथा शिक्षाका कार्यक्रमहरुमा जोड दिन र प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक बर्षमा आधारशिलाका कार्यक्रमका लागि विशेष बजेट व्यवस्थापन गरि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नव बहादुर वली, गाउँपालिका अन्तर्गतका ९ वटा वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँपालिकाका आर्थिक शाखा प्रमुख जिवराज पौडेल, सहकारी शाखा प्रमुख शेर बहादुर हमाल लगायत विभिन्न सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

राप्ती गाउँपालिका भित्र सञ्चालित ३२ सहकारीमध्ये २६ सहकारी क्रियाशिल अवस्थामा रहेको अनुगमनका क्रममा भेटिएको छ । आधारशिला कार्यक्रम अन्तर्गत तालिम तथा शिक्षाका कार्यक्रमहरु, प्रविधि विकास तथा नियमित रुपमा कोपोमिसमा डाटा प्रविष्टि लगायतका कार्यक्रमहरु गरिएको छ भने गाउँपालिका र नेफ्स्कूनका कर्मचारीद्वारा संयुक्त रुपमा सहकारीहरुको अनुगमन तथा निरिक्षणको काम भएका छन् ।

र्यक्रममा सहकारी सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्लले, कार्यक्रम सञ्चालन दाङ्ग सदस्य सेवा कार्यालयका ईन्चार्ज बिष्णु जोशीले र व्यवस्थापन सूचना प्राविधिक बम बहादुर पुन मगरले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप