ईन्द्रेणी साकोसको सदस्य सक्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ईन्द्रेणी साकोसको सदस्य सक्षमता विकास तालिम सञ्चालन

काठमाडौं । ईन्द्रेणी साकोस, काठमाडौंको सदस्य सक्षमता विकास तालिम सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा जेष्ठ २७ र २८ गते आयोजित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी गरी जम्मा १९ जनाको सहभागिता रहेको छ । 

साकोसका अध्यक्ष गोविन्द बुढाथोकीको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यता कार्यक्रममा रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पनेरुले सञ्चालक समिति, उपसमिति, लेखा सुपरिवेक्षण समितिले संस्था सञ्चालनको विषय स्पष्ट रुपमा बुझेर आफ्ना साकोसका सदस्यहरुलाई बुझाउनुपर्ने बताउनुभयो । एउटा संस्थाको सञ्चालक समिति हजारौं सदस्यको प्रतिनिधि रहेको र सदस्यको बचतको सुरक्षा समितिको पहिलो कर्तव्य रहेको उहाँले बताउनुभयो । सहकारीमा  सुशासन कायम गर्नुपर्ने, सहकारीले गरेको राम्रा कामहरु वाहिर ल्याउनुपर्ने, सहकारी मार्फत सदस्य जीवनस्तरमा परिवर्तन ल्याउन सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र सदस्यले म सहकारीको मालिक हुँ भन्ने महसुस गर्ने गरी संस्था सञ्चालन गर्नुपर्नेमा कोषाध्यक्ष पनेरुले जोड दिनुभएको थियो । 

कार्यक्रम संचालन संस्थाका सचिव सुमित्रा अधिकारीले र सहजीकरण नेफ्स्कून तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ ।

नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरु जसको यही वर्ष निर्वाचन भई नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेका साकोसहरुमा निशुल्क रुपमा सदस्य सक्षमता विकास तालिम प्रदान गर्दै आइरहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप