धादिङ साकोस शिखर गोष्ठी २०८० सम्पन्न, स्वनियमन र सुशासन सहितको प्रविधिमैत्री सहकारी निर्माणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ साकोस शिखर गोष्ठी २०८० सम्पन्न, स्वनियमन र सुशासन सहितको प्रविधिमैत्री सहकारी निर्माणमा जोड

धादिङ । धादिङ बचत तथा ऋण सहकारी संघ लि. ले १२ बुँदे प्रतिवद्धतापत्र जारी गर्दै धादिङ साकोस शिखर गोष्ठी– २०८० सम्पन्न गरेको छ । जेठ २७ गते किक रिसोर्ट धादिङवेसीमा आयोजित धादिङ साकोस शिखर गोष्ठी संघको आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा भएको थियो । ’स्वनियमन र सुशासन सहितको प्रविधिमैत्री सहकारी“ भन्ने मूलभावका साथ सम्पन्न एव दिवसीय गोष्ठीले जिल्लाको साकोस अभियानलाई सशक्त, सञ्जालिकृत र गुणात्मक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक संघको रहेको छ । 

गोष्ठी धादिङ बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष नवराज शर्माको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको विशिष्ट आतिथ्यतामा भएको थियो ।  वर्तमान सहकारी ऐन कार्यान्वयनको अवस्था र ऐनले समेट्न नसकेका विषयहरु उजागर गरी साकोसका सवालहरु समाधानको लागि वित्तिय सहकारी ऐनको आवश्यकता माथी साझा धारणा बनाउने उद्देश्य गोष्ठीको रहेको थियो । त्यसैगरी समुदायको विकासमा साकोसमा रहेको पूँजीलाई प्राथमिकताका साथ उपयोग गर्न स्थानीय सरकारलाई अनुरोध गर्दै संघ र स्थानीय तहहरु बीचको सम्बन्ध सुदृढ गर्ने दिशामा गोष्ठी केन्द्रीत थियो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय र  मिलिजुलि कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले विभिन्न फरक विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

गोष्ठीमा जिल्लामा सञ्चालित प्राय सबैं बचत तथा ऋण सहकारी संस्थाबाट साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिबद्धता पत्र 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप