सिद्धि गणेशले दियो सदस्यहरूलाई दही बनाउने तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेशले दियो सदस्यहरूलाई दही बनाउने तालिम

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. चोर्चा ७ भक्तपुरले सदस्यहरुका लागि दहि बनाउने तालिम प्रदान गरेको छ । साकोसको तेखापुखु सेवाकेन्द्र व्यवस्थापन उपसमितिको अयोजना रहेको उक्त तालिममा साकोसका ३० भन्दा बढि युवा सदस्यहरुको सहभागिता रहेको थियो । 

साकोसका कोषाध्यक्ष जयराम गोर्खालीले तालिममा सिकेका सिपलाई उद्यमशीलतामा परिणत गरि आयआर्जनको मूख्य श्रोतको रुपमा विकास गर्न सके बाह्य तथा आन्तरिक पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्दै उत्पादनशील क्षेत्रमा ऋण लगानी नगरेककै कारण आज देश आर्थिक मन्दीको चपेटामा परेको विचार राख्नु भयो ।

संस्थाका व्यवस्थापक शिला गोसाईले सिद्धि गणेश साकोसको कूल सम्पत्ति २ अर्व ७५ करोड पुगेको र बाल सदस्य सहित १९ हजार भन्दा बढि सदस्य रहेको जानकारी गराउनुभयो । सिद्धि गणेशमा तरलताको समस्या नरहेको र हाल पनि व्यवसायिक शिर्षकमा ५० लाख सम्म ऋण प्रवाह गर्दै आएको र जति सुकै ठुलो रकमको बचत फिर्ता गर्न सक्ने गरि ३२ प्रतिशत तरलता व्यवस्थापन भएको जानकारी दिनु भयो । साथै तालिम लिएको सदस्यहरुले व्यवसाय गर्नका लागि आवश्यक ऋण सेवाका लागि सधै तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्व सञ्चालक पञ्च रत्न सैजुले निम्न आय भएका सदस्यहरुको सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा जिवनस्तर उकास्न यस किसिमका तालिमहरुको महत्वपूर्ण भुमिका रहेने हुनाले तालिमको महत्वलाई बुझेर व्यवसायमा उतार्न सक्ने वातावरण सिर्जना गर्न यस संस्थाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गर्नुभयो । 

तालिमका प्रशिक्षक तुल्सी लक्ष्मी राजलवतले हाल बजारमा भक्तपुरको दहिको माग बढिरहेको अवस्थामा दहिको गुणस्तरमा कमी हुन नदिई माग अनुरुप पर्याप्त दहि उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरि साकोसले शनिबार शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप