आयकरको दरमा भएको बृद्धि फिर्ताको माग सहित नेफ्स्कूनले बुझायो सहकारी मन्त्रीलाई ज्ञापनपत्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आयकरको दरमा भएको बृद्धि फिर्ताको माग सहित नेफ्स्कूनले बुझायो सहकारी मन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं । सहकारीको आयकर दर बृद्धि फिर्ताको माग सहित नेफ्स्कूनले सहकारी मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक संक्षिप्त भेटका क्रममा संघका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारीको आयकरको दर बृद्धिप्रति असहमति जनाउँदै सहकारी ऐन, २०७४ बमोजिमकै व्यवस्था अविलम्ब कायम गर्न माग गर्नुभएको हो । 

साविकको ५, ७ र १० प्रतिशत आयकर व्यवस्थामा शतप्रतिशत बृद्धि गरि सरकारले नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारीका लागि १५ प्रतिशत र महानगरपालिका भित्रका सहकारीलाई २० प्रतिशत आयकर निर्धारण गरिएको प्रति आपत्ति जनाउँदै संघले सहकारी ऐन, ०७४ बमोजिमकै व्यवस्था कायम गर्न माग गरेको हो । 

अध्यक्ष पौड्यालले सहकारी ऐनमा भएको व्यवस्था विपरित समग्र अभियानलाई नै धरासायी बनाउने गरी निर्धारण गरिएको आयकर अविलम्ब संशोधन गरी साविक बमोजिम कायम गर्न र सहकारीमा आवद्ध सदस्यको बचतमा प्राप्त गर्ने व्याजकर समेत साविक बमोजिम कायम गरी बचत ऋण सहकारी अभियानको पुनरोत्थानका लागि राहत प्याकेज समेत घोषणा गर्न बचत तथा ऋण सहकारीको केन्द्रीय संघ, प्रदेश बचत संघ र जिल्ला बचत संघहरुको तर्फबाट जोडदार माग गर्नुभएको हो । 

सहकारी ऐन, २०७४ मा नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ५ प्रतिशत, उप–महानगरपालिमा ७ प्रतिशत र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था भएकोमा सरकारले आर्थिक वर्ष २०८०/'०८१ को बजेट मार्फत करको दरमा हेरफेर गरेको हो । संघले आजै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेलाई पनि सो ज्ञापनपत्र बुझाएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप