सहकारीका समसामयिक समस्याबारे नेफ्स्कूनद्वारा अर्थसचिवको ध्यानाकर्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका समसामयिक समस्याबारे नेफ्स्कूनद्वारा अर्थसचिवको ध्यानाकर्षण 

काठमाडौं । नेपाल सरकारका अर्थसचिव अर्जुन प्रसाद पोखरेलले नेपालको बचत तथा ऋण सहकारीको विषयमा आफु गम्भिर रहेको र दोस्रो तहको नियामकीय संयन्त्र निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको बताउनुभएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले आज अर्थ मन्त्रालयमा सचिव पोखरेलसँग संक्षिप्त भेटका क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको आयकरको दरमा भएको वृद्धि विद्यमान असहज परिस्थितिमा सकारात्मक कदम नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । त्यसैगरि सहकारीको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐनको व्यवस्थाका विषयमा अध्यक्ष पौड्यालले सचिवको ध्यानाकर्षण गराउनुभएको थियो । 

छलफलका क्रममा सचिव पोखरेलले बजेट पास भएपछि मात्र सहकारीको आयकर वृद्धिको विषयमा वहश गर्न सकिने जानकारी गराउनुभयो । त्यसैगरि कर्जा असुली न्यायाधिकरणको विषयमा पनि भएकै व्यवस्थालाई दायरा विस्तार गरेर जान सकिने विचार व्यक्त गर्नुभयो । संस्थै पिच्छे अर्को व्यवस्था गर्नुभन्दा पनि कार्यान्वयनमा रहेको कर्जा असुली न्यायाधिकरणको दायरा विस्तार गर्नुपर्छ भन्ने सोच मन्त्रालयको रहेको छ, उहाँले भन्नुभयो । बैंक तथा वित्तिय संस्थाहरुको निस्कृय कर्जा असुली गर्न संस्थागत व्यवस्था गर्ने प्रयोजनको लागि बनेको बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ बमोजिम स्थापित ऋण असुली न्यायाधिकरण कार्यान्वयनमा छ । 

भेटका क्रममा अध्यक्ष पौडेल र संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले आयकरको दरमा भएको वृद्धि फिर्ताको माग गर्दै सचिव पोखरेललाई ज्ञापनपत्र समेत बुझाउनुभएको थियो । संघले आइतबार सहकारी मन्त्री र सहकारी रजिष्ट्रारलाई पनि ज्ञापनपत्र बुझाएको थियो भने अर्थ मन्त्रीको कार्यालयमा पनि निवेदन पेश गरेको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप