धनगढिमा अभियानको साझा प्रविधि मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनगढिमा अभियानको साझा प्रविधि मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन

सुदुरपश्चिम प्रदेश । कैलाली धनगढिमा एकिकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

कार्यक्रममा नेफस्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उपस्थित सहभागीहरुलाई नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो । मिरा ईआरपी सफ्टवेयर सदस्यको हितमा रहेको र उक्त प्रविधिमा सुदूरपश्चिमका सबै सहकारीहरु जोडिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नियोसिस प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा.भोज राज घिमिरे इआरपीको परिचय, मिरा ईआरपीका विशेषताहरु, मोड्युलहरु, शुल्क लगायत जानकारी दिनु भएको थियो । रारा ल्यावका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे सहकारीका विद्यमान समस्यालाई सफ्टवेयरको प्रयोग, सफ्टवेयरलाई किन एकिकृत गर्न खोजिएको हो लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

अतिथिको रुपमा रहनु भएका कञ्चनपुर बचत संघका अध्यक्ष भवानी चन्द्र, कैलाली बचत संघका उपाध्यक्ष भूपेन्द्र थापा, कैलाली बचत संघका कोषाध्यक्ष सुरत बोगटी शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष महासचिव अधिकारीले मिरा ईआरपी सफ्टवेयर एकिकृत साझा सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले विकास कार्यमा जोड दिनुभयो । सदस्यको बचत सुरक्षाका लागि सुरक्षित प्रविधिको प्रयोग गर्नु पर्ने र मिरा इ.आर.पि अहिलेको मागलाई सम्बोधन गर्नेगरी अभियानको सफ्टवेयरको रुपमा तयार भएको पनि बताउनुभयो । 

कार्यक्रममा जिल्ला बचत संघ कैलालीका सञ्चालक सदस्य मनमोहन विष्ट, जिल्ला बचत संघ कञ्चनपुरका सञ्चालक सदस्य बसन्त भट्ट, कञ्चनपुर सदस्य सेवा कार्यालय ब्यवस्थापन उप–समिति सदस्य जगदिस भट्ट, प्रेमलता देबी गौतम, सि एम सि कञ्चनपुरका अध्यक्ष गणेश भट्ट, सि एम सी कैलालीका अध्यक्ष छबी जैशी लगायत कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा जिल्लाका विभिन्न सहकारी संस्थाहरुबाट गरी जम्मा ७६ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा कार्याक्रम सञ्चालन कञ्चनपुर सदस्य सेवा कार्यालय का इन्चार्ज यम डाँगीले गर्नुभएको थियो भने ब्यवस्थापन धनगढी सदस्य सेवा केन्द्रका सेवा प्रमुख योगेश बोहरा, कञ्चनुरका ब्यवसायक सहायक दिपक राज जोशीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप