९ बुँदे प्रतिवद्धता जारी गर्दै बागमती प्रदेश स्तरिय सहकारी गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 ९ बुँदे प्रतिवद्धता जारी गर्दै बागमती प्रदेश स्तरिय सहकारी गोष्ठी सम्पन्न

हेटौंडा । बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया सकिएको छ । बुधबार ९ बुँदे प्रतिवद्धता पत्र घोषणा गर्दै गोष्ठी समापन भएको हो । प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले गोष्ठीबाट तयार भएको ९ बुँदे प्रतिवद्धता पत्र पढेर सार्वजानिक गर्नुभएको थियो । 

प्रतिबद्धतापत्रमा सहकारी संघसंस्थाहरुले आफ्ना सदस्यहरुको लागि आ.व २०८०/०८१ लाई “सदस्य जागरण वर्ष” को रुपमा कार्यक्रम तयार गरी कार्यन्वयन गर्ने गराउने, प्रदेश सहकारी नीति निर्माणमा बागमती प्रदेश सरकारलाई सबै संघहरुले सहयोग गर्ने र यस वर्ष बागमती प्रदेश सहकारी नीति तर्जुमा गर्ने विषय समेटिएको छ ।

त्यस्तै, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले बागमती प्रदेश भित्रका सहकारीहरुको वास्तविक अवस्थाको जानकारी प्राप्त गर्ने गरी सबै सहकारीहरुको वस्तुगत विवरण सहितको तथ्याङ्कहरु संकलन गरी प्रकाशन गर्ने, संघीय सहकारी ऐन, नियमावली र बागमती प्रदेश सहकारी ऐन, नियमावली बीचमा देखिएका दोहोरोपन हटाउन ऐन नियमावलीहरु अभियानको सुझावका आधारमा आवश्यकता अनुसार संशोधन गर्ने भनिएको छ ।

त्यसैगरि भविष्यमा सहकारी अभियानमा थप क्षति हुन नदिन सबै सहकारी संस्थाहरुलाई सहकारी संघहरु÷सहकारी बैंकले विकास गरेको सुशासन, दिगोपन विकास र स्वःनियमनका कार्यक्रमहरुमा अनिवार्य समावेश गराउदै लैजाने, सहकारी संस्थाहरुलाई उत्पादन तथा बजारीकरणका आधारमा अनुदान र उनीहरुको सीप विकासका लागि आवश्यक तालिम कार्यक्रमहरुको व्यवस्था मन्त्रालयले मिलाउने, बागमती प्रदेश भित्रका सबै सहकारी संघहरुको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने, बागमती प्रदेश सरकारले तयार गरेको सहकारी संघ÷संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड २०७९ पूर्ण रुपमा कार्यन्वयन गर्न मन्त्रालयले आवश्यक व्यवस्था गर्ने र सहकारी अभियानको पूँजीको संरक्षण गर्ने दायित्व अभियान र मन्त्रालय दुवैको रहने उल्लेख छ । 

सहकारी अभियान र मन्त्रालय सदस्यहरुको सम्पूर्ण बचतकर्ताहरुको बचत पूर्ण सुरक्षाका गर्ने प्रतिवद्धता जाहेर गर्दछौं र सहकारी संस्थाहरुलाई कानुनी व्यवस्था बमोजिम स्वःनियमनमा सञ्चालन गर्ने गराउन प्रतिवद्धता व्यक्त गर्दछौं पतिबद्धता पत्रमा भनिएको छ । 

गोष्ठीको समापन प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षता र बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको थियो । 

९ बुँदे प्रतिवद्धतापत्र

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप