‘सदस्यको विश्वास पुनर्जागृत गराउनु जरुरी छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यको विश्वास पुनर्जागृत गराउनु जरुरी छ’

समग्र सहकारी क्षेत्रमा सदस्यहरुको विश्वासमा कमी आएको छ, त्यो विश्वासलाई हामीले पुनर्जागरण गराउनु जरुरी छ ।

सहकारी अभियानभित्र रहेको व्यक्ति ऊ पदमा हुँदा होस् अथवा नहुँदा होस्, सहकारीप्रतिको जिम्मेवारीबोध सँधै भइरहन्छ र हुनुपनिपर्छ । पदमा रहँदा पनि यति उसमा आफू त्यहाँ हुनुको दायित्वबोध हुन सकेन भने पदमा रहनु र नरहनुको कुनै औचित्य हुँदैन । संस्थाप्रतिको दायित्व अथवा जिम्मेवारीपनले नै त्यो संस्थालाई कता लैजाने भन्नेमा महत्व राख्छ । सहकारी अभियान बुझेको मान्छे अभियानबाट कहिल्यै बाहिर हुँदैन, आज म पनि सहकारीभित्रै छु । सहकारीका हरेक गतिविधिलाई नियाल्ने, त्यसका लागि सुझाव परामर्श प्रदान गर्ने भूमिकाबाट टाढा छैन । तर आज सहकारी क्षेत्रमा एकाएक समस्या उब्जिएका छन् । हामीले हिजोका दिनमा सहकारीलाई अत्यन्त सरल ढंगले सोच्यौं भन्ने लाग्छ । सहकारी वित्तीय क्षेत्र हो । वित्तीय क्षेत्र सञ्चालन गर्ने विषय अत्यन्त गम्भीर विषय हो । जुन संस्था सञ्चालनमा ‘प्रोफेशनल म्यानेजमेन्ट’ हुनुपर्थ्यो, त्यो हुन सकेन । सहकारीले आफ्ना हरेक क्रियाकलापहरु योजनाबद्ध रुपले लान सकेन, वित्तीय योजनाहरु बनेनन् अथवा प्रभावकारी भएनन्, पर्ल्स विश्लेषण प्रणालीले दिएका सूचकहरुको कार्यान्वयन ठीक ढंगले भएन, ऋण लगानी सही ढंगले हुन सकेन, यी यावत विषयले केही सहकारीको प्रभावकारी सञ्चालनमा क्रमभंगता भयो ।  

अर्को महत्वपूर्ण पाटो समग्र वित्तीय बजार, समग्र आर्थिक परिवेश, देशको अवस्था, अन्य बाह्य कारणले धेरै प्रभाव पार्दो रहेछ । सानो अर्थतन्त्र भएको हाम्रो जस्तो देशमा बाह्य कारणको पनि धेरै ठूलो प्रभाव रहन्छ । रुस युक्रेन युद्ध, तेलको मूल्य अभिवृद्धि, कोभिड संक्रमणबाट प्रभाव पर्यो । 

नेपालमा कोभिड अगावै बैंक वित्तीय क्षेत्रमा पर्याप्त तरलता थियो । कोभिडको समयमा सबैतिर लगानी संकूचन भए पछि खुल्ने वित्तीकै एग्रेसिभ्लि जताततै एकसाथ लगानी भयो । त्यसको प्रभाव अहिले देखिएको हो । कोभिडका कारण विश्वव्यापी देखिएको आर्थिक प्रभाव विस्तारै नेपालमा परेका कारण कोभिड पश्चात लगानी भएको क्षेत्रले तत्काल प्रतिफल दिन सक्ने अवस्था रहेन । यसकारण आर्थिक क्षेत्र समस्याग्रस्त बन्दा सहकारीपनि त्यसबाट अछुतो रहन नसकेको अवस्था हो । सहकारी मात्र होइन यतिबेला बैंक वित्तीय क्षेत्र सबै नै समस्यामा छन् । हिजो सहकारी बन्द भएमा आफ्नो कारोबार बढ्नेथियो भन्ने अस्वस्थ सोच राखेको बैंकिङ क्षेत्रले आज आएर सहकारीको महत्व बुझेको छ । सहकारीले सदस्यका बचत संकलन गरेर ठूलो पुँजी निर्माण गर्दै अन्तत बैंकमै डिपोजिट गरेको थियो । आज सबैतिर समस्या भएपछि  सहकारीको बचत संकलनमा पनि कमी आएको छ, त्यसको प्रत्यक्ष असर त बैंकमा पनि परेको छ । समस्या परेपछि मात्र चेत खुल्छ, भनेजस्तै अहिले बैंकिङ क्षेत्रले निक्षेप संकलनमा सहकारीको भूमिका के रहेछ भन्ने कुरा पनि राम्ररी महशुस गरेको छ ।  

अर्को कुरा कुनै पनि संस्था राम्रो बन्न सदस्यको विश्वास महत्वपूर्ण पाटो हो । यतिबेला सहकारीप्रति सदस्यको विश्वास घटेको अवस्था छ । सहकारीको बचतलाई सदस्यले निरन्तरता नदिएको कुरा सतहमा देखिएका छन्, यो वास्तविक हो । समग्र सहकारी क्षेत्रमा सदस्यहरुको विश्वासमा कमी आएको छ, त्यो विश्वासलाई हामीले पुनर्जागरण गराउनु जरुरी छ । सहकारीप्रति विश्वासको कमी हुनुमा एउटा पक्ष मात्र जिम्मेवार होइन भन्ने लाग्छ । विश्व आर्थिक मन्दीका समाचार, बैक वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, अन्तर्राष्ट्रिय बैंकहरु डुवेका समाचार, एकादुई सहकारीका सञ्चालकले गरेको बदमासी, सहकारी संरक्षणमा राज्यको उदासिनता, छिटपुट रुपमा सतहमा आएका सहकारी संस्था बन्द, सहकारीले सदस्यको बचत फिर्ता गर्न सकेन भन्ने जस्ता समाचार सहकारीप्रतिको विश्वास कम हुनुमा प्रमुख कारक बनेका छन् । सानो मात्रै पनि सहकारीको नकारात्मक कुरालाई सञ्चार माध्येमले व्यापक बनाइदिँदा त्यसको प्रत्यक्ष प्रभाव सहकारीका सदस्यहरुमा परेको छ । तर अब धेरै निराशावादी हुने समय छैन । स्थानीय निकाय, प्रदेश र सरकार सबै ठाउँमा नवनिर्वाचित प्रतिनिधि आइसकेको अवस्था, नयाँ सरकार गठन भएकोले पनि केही न केही उत्साह जागेको अवस्था छ । नेपाल सरकार, नीजि क्षेत्र, नेपाल राष्ट्र बैंक, सहकारी अभियानका नेतृत्व वर्ग, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, सहकारी बैंक जस्ता लिडिङ अर्गनाइजेशनहरुको एउटा ठोस योजना आयो भने समग्र वित्तीय बजार र सहकारी क्षेत्रको दुःखको दिन हल हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।

सहकारी क्षेत्र सुदृढ नहुनुमा सरकार पनि प्रमुख जिम्मेवार हो नै । सरकारको तहमा गराउन सक्ने लेभलमा सहकारीका नेतृत्वले पहुँच पुर्याउन सकेनन् । अथवा सरकारले यो क्षेत्रलाई अत्यन्तै उपेक्षा गर्यो । जबसम्म सरकारले सहकारी क्षेत्रको अपनत्व लिँदैन, सहकारीमा परेका समस्याको रेस्क्यू गर्ने नेपाल राष्ट्र बैंक जस्तो अर्को संयन्त्र बन्दैन तबसम्म सहकारी दिगो रुपले चल्न सक्दैन, यो सत्य हो । अर्को कुरा सहकारी क्षेत्रमा फोर्सफूल मर्जरको नीति आवश्यक छ, यसमा राज्यले गहतापूर्वक सोचेर तत्काल काम गरोस् भन्ने हाम्रो चाहना हो । 

सहकारी क्षेत्रमा यतिवेला व्याकअप चाहिएको छ । सबै क्षेत्रमा रेस्क्यू आवश्यक छ । रेस्क्यू अभियानको नेतृत्वकर्तालाई चाहिएको छ, राष्ट्र बैंकलाई चाहिएको छ, सहकारी बैंकलाई चाहिएको छ र समग्र देशको अर्थतन्त्रलाई रेस्क्यू चाहिएको छ । त्यो रेस्क्यूका लागि के गर्दा उपयुक्त हुन्छ भनेर सहकारी महासंघ, नेफ्स्कून, सहकारी बैंकले यो पहल गर्नुपर्यो ।

कुराकानीमा आधारित लेख साकोस आवाजको त्रैमासिक प्रकाशन २०७९, चैत्र अंकमा प्रकाशित छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप