चितवनमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन

भरतपुर । चितवनमा साकोसहरुबीच मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेफ्स्कून, रारा डिजिटल ल्याव र निसोसिस प्रा.लि.को संयुक्त पहलमा एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सफ्टवेयर साकोस सञ्चालनमा अत्यन्त प्रभावकारी सफ्टवेयर रहने विश्वास लिइएको छ । कार्यक्रममा चितवन र नवलपुरमा सञ्चालित विभिन्न ९० बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक र व्यवस्थापकहरु गरी १३७ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रम नेफस्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा शुरु भएको थियो । अध्यक्ष पौड्यालले बचत तथा ऋण सहकारीको क्षेत्रमा सम्पूर्ण समाधान सहितको आधुनिक नयाँ प्रविधि मिरा ईआरपीले सहकारी सञ्चालनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता ल्याउनुको साथै सुशासन कायम गर्नमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।  उहाँले मिरा ईआरपी सफ्टवेयर एकिकृत साझा सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यसहित निर्माण भएको र यसमा सम्पूर्ण साकोसहरु सहभागी भई सेवा लिन अनुरोध गर्नुभयो । 

नेफ्स्कूनकी सञ्चालक एवम् चितवन जिल्ला बचत संघकी अध्यक्ष विद्या कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्दै साकोसहरुमा एकीकृत प्रविधि प्रयोग मार्फत एकरुपता कायम गर्न सबै साकोसहरुले अनिवार्य रुपमा मिरा इआरपी सफ्टवेयर प्रयोग गर्न अनुरोध गर्नुभयो । 

नियोसिस टेक्नोलोजि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा.भोज राज घिमिरे र रारा डिजिटल ल्यावका प्रवन्ध निर्देशक मनोज घिमिरेले मिरा इआरपी सफ्टवेयरको विशेषता, एकीकृत प्रविधि प्रयोगको फाइदा र फिचरहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा बागमती प्रदेश संघका सञ्चालक तेजेन्द्र बहादुर खड्का, नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य भरत प्रसाद दवाडी, चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य दिपकराज खनाल, चितवन जिल्ला बचत संघ लि.का निर्वमान अध्यक्ष हरिश्चन्द्र सुवेदीको समेत आतिथ्यता रहेको थियो  । 

कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो भने ब्यवस्थापन चितवन सदस्य सेवा कार्यालयका इन्चार्ज रिषभराज रेग्मी र प्राविधिक सहायक अर्जुन गुरुङले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप