जेष्ठ नागरिक बचत योजना शुभारम्भसँगै पिपलबोटको २१औं स्थापना दिवस सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जेष्ठ नागरिक बचत योजना शुभारम्भसँगै पिपलबोटको २१औं स्थापना दिवस सम्पन्न 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि.आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा साकोसले “पिपलबोटको अभियान जेष्ठ नागरिकको सम्मान” भन्ने मुल नारा सहित पिपलबोट जेष्ठ नागरिक बचत योजना शुभारम्भ गरेको छ । पिपलबोट जेष्ठ नागरिक बचत योजनाको शुभारम्भ संस्थाका सल्लाहकारहरु क्रमशः अम्मर बहादुर काकीी? कालुराम धौलाकोटी, पदम बहादुर खड्का, शिब प्रसाद सापकोटा, देवी प्रसाद खनाल र साकोसका अध्यक्ष बल बहादुर सार्कीले संयुक्त रुपमा गर्नुभएको थियो । 

जेष्ठ सदस्य बचत योजनामा साकोसका ३० जना भन्दा बढि सेयर सदस्यहरुको सहभागिता रहेको छ । आगामी दिनमा युवा लक्षित बचत योजना सुरुवात गर्ने योजना समेत रहेको साकोसका अध्यक्ष बल बहादुर सार्कीले बताउनु भयो ।

संस्थाको हाल कुल वासलात रु. १७ करोड ५१ लाख ९३ हजार ६ सय ८८ रहेको र कुल बचत ११ करोड ८९ लाख ३३ हजार रहेको र साकोसमा हाल २ हजार ७ सय ५५ सेयर सदस्य रहेका छन । कुल सदस्य संख्याको जेष्ठ शेयर सदस्य १२ प्रतिशत अर्थात ३ सय ३१ जना रहेका छन् । साथै स्थापना दिवसको अवरमा वीरेन्द्रनगर ४ मा रहेको प्रादेशिक सहिद पार्कमा सरसफाई तथा बिभिन्न प्रजातिका फुल र अन्य प्रजातिका बिरुवाहरु बृक्षारोपण समेत गरिएको थियो । 

सरसफाई तथा बृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर–४ का वडा अध्यक्ष शेर बहादुर केसी भैरव सामुदायिक वनका पदाधिकारी, स्थानीय युवा क्लवका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संञ्चालन संस्थाका सचिव गणेशमान खनालले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण संस्थाका प्रबन्धक रमेश खनालले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप