भक्तपुर बचत संघद्वारा आधारभूत उद्यमशिलता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघद्वारा आधारभूत उद्यमशिलता विकास तालिम सञ्चालन

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिद्वारा आयोजित दुई दिने आधारभूत उद्यमशिलता विकास तालिम संघकै तालिम हलमा सम्पन्न भयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले आधारभूत उद्यमशिलता विकास तालिमले सम्भाव्य उद्यमी र उद्यमीको क्षमता अभिवृद्धि भई आर्थिक विकासमा टेवा पुर्याउने बताउनुभयो । महिला सशक्तिकरणको लागि आर्थिक पक्ष महत्वपूर्ण हुने भएकोले उद्यमशिलता विकासमा जोड दिनुपर्ने विचार राख्नुभयो । सहकारीलाई उत्पादनसँग जोड्न भाषणले मात्र हुदैंन, त्यसका लागि नीतिगत व्यवस्था हुनुपर्छ, उहाँले भन्नुभयो, “हाल सहकारीले उत्पादनमा जोड्ने भन्दा आफ्नो व्यवसायमा अन्धाधुन्ध लगानी गरेका कारण समस्या सिर्जना भएको हो ।”

उपसमितिका संयोजक कृष्णेश्वरी मचामसीको सभापतित्वमा भएको कार्यक्रममा महिला दिदीबहिनीहरु आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनु पर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरु नेतृत्वमा नपुग्नु आफै अघि नसरेकोले भएको विचार राख्नुभयो । उहाँले महिलालाई सक्षम बनाउने उद्देश्यले उद्यमशिलता तालिमको आयोजना गरेको बताउनुभयो ।

प्रशिक्षक संघका व्यवस्थापक बालकृष्ण धोंजुले तालिम अन्तर्राष्ट्रिय श्रम संगठनको लैगिक र उद्यमशिलता सँगसगै तालिमको पाठ्यक्रम बमोजिम ५ दिनको लामो तालिमलाई २ दिनमा दिनु चुनौतिपूर्ण रहेको तर सहभागी अनुभवी भएकोले सहज भएको बताउनुभयो । 

तालिमका प्रशिक्षक सिला गोसाईले तालिमले सिक्ने र सिकाउने वातावरणका साथ अनुभवी उद्यमीहरुको अनुभवको प्रस्तुतीकरणले तालिम जिवन्त भएको बताउनुभयो । तालिममा तालिमको परिचय, उद्यमशिलतामा महिला र पुरुषको सांस्कृतिक भूमिकाको प्रभाव, व्यवसायीक योजना र व्यवसायका सरल सीपहरुमा १० वटा मोडुलको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

महिला सशक्तिकरण उपसमिति सदस्य निर्जला ढुगेंलले धन्यवाद मन्तव्य दिनुभयोे । उपसमितिका सदस्य सूवर्ण प्रभा गूरागाईले तालिमको समापन कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँले विश्वमा महिलाहरुले आँधी ठांउँ ओगटेका महिलाहरु जबसम्म सशक्तिकरण हुदैन तब सम्म देश विकास हुदैन भन्नुभयो । साथै आफु भित्र लुकेको प्रतिभालाई देखाउन यस उद्यमशिलता विकास तालिमले सहयोग गर्ने  बताउनुभयो । सहभागीहरुले तालिम निकै व्यवहारिक र प्रभावकारी रहेको बताउनुभयो । तालिममा सैद्धान्तिक भन्दा प्रयोगात्मक पक्षलाई ध्यान दिई रमाइलो ढंगबाट तालिम लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उक्त तालिममा १४ वटा संघमा आवद्ध संस्थाहरुबाट १५ जनाको उपस्थिति रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप