सुदूरपश्चिममा बचत ऋण सहकारीहरूका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिममा बचत ऋण सहकारीहरूका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

डडेल्धुरा । आर्थिक बर्ष २०८००८१ लाई मध्यनजर गरी नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयको आयोजनामा सुदूरपश्चिम प्रदेशका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन भएको छ । 

नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य तेज बहादुर ऐरको अध्यक्षतामा सम्पन्न भएको तालिममा सुदूरपश्चिम प्रदेश बचत संघका उपाध्यक्ष सुरत बहादुर खड्काको प्रमुख आतिथयता तथा बैतडी जिल्ला सहकारी संघका उपाध्यक्ष दुर्गा ठगुन्ना, डडेल्धुरा जिल्ला वचत संघका उपाध्यक्ष खड्क सिंह बिष्ट, बझाङ्ग जिल्ला बचत संघका सचिव हेमराज बिष्ट, दार्चुला बचत संघका लेखा सुपरिवेक्षण समिति संयोजक शुक्लावती बुढाथोकी, कञ्चनपुर बचत संघका सञ्चालक बसन्त भट्ट र डडेल्धुरा म्यानेजर्स क्लवका अध्यक्ष लोकेन्द्र ओझाको आतिथ्यता रहेको थियो । 

तालिममा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, अछाम र बाजुराका ३० वटा सहकारीबाट ३७ जना सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि सुरत बहादुर खड्काले भविष्यमा गर्ने कामको रुपरेखा अहिलेनै नवनाएमा काम गर्न अन्योलता सिर्जना भई सफलता हासिल गर्र्न नसकेको बताउँदै आगामी दिनमा सवै साकोसहरुले आफुले गर्ने कामलाई योजनावद्ध ढंगले गर्नुपर्ने स्पष्ट पार्नुभयो । साथै उचित समयमा नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयले यो तालिम आयोजना गरेकोमा खुसि व्यक्त गर्नुहुँदै तालिममा सिकेका कुरालाई संस्थामा गएर अनिवार्य व्यवहारमा उतार्न समेत सम्पूर्ण सहभागीहरुलाई आग्रह गर्नुभयो  ।

सभाध्यक्ष तेज बहादुर ऐरले साकोसहरुको मुख्य उद्देश्य सदस्यको जिवनस्तर माथि उठाउने भए पनि अहिले आम नागरिकको सहकारी प्रतिको धारणा नकारात्मक देखिएकोले सहकारी क्षेत्रलाई एउटा विश्वसनिय खम्वाको रुपमा स्थापित गर्न सवैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । हामीले भविष्यमा गर्ने काम साथै उक्त काम गर्नको निमित्त लाग्ने अनुमानित खर्चको योजना अहिलेनै बनाउने र सम्पूर्ण सदस्यहरुलाई संस्थाले गरिरहेको काम साथै भविष्यमा गर्ने कामको बारेमा स्पष्ट सूचना दिनुपर्नेमा जोड दिनुभयो । 

तालिममा सहभागी संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुले उचित समयमा नेफ्स्कूनद्वारा तालिम आयोजना गरेकोमा खुसि व्यक्त गर्दै यहाँ सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन डडेल्धुरा सदस्य सेवा कार्यालय ईन्चार्ज धर्मराज जोशी गर्नुभएको थियो भने व्यवस्थापन कार्यालय सहायक गजेन्द्र बहादुर साउदले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप