‘सहकारीलाई ब्राण्डिङ गर्नु सवारी चालकलाई लाइसेन्स दिनु सरह हो’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीलाई ब्राण्डिङ गर्नु सवारी चालकलाई लाइसेन्स दिनु सरह हो’ 

हाल सामाजिक सञ्जालमा विभिन्न वित्तीय क्षेत्र र सहकारीको समस्या मात्रै देखिने सुनिने गरेको छ । सहकारीमा सुशासन कायम नगर्नाले सहकारीहरु वित्तीय जोखिममा परेका छन् । सहकारी नाफामुखी व्यवसाय भन्दा सेवामुखी व्यवसाय हो । व्यवसाय निरन्तर सञ्चालन हुनका लागि सेवा सहित केहि नाफा आर्जन गर्नु त पक्कै आवश्यक पर्दछ तर बढी लाभांश दिने होडबाजीले गर्दा हाल सहकारीमा केहि वित्तीय समस्याहरु देखा पर्दै गएका छन जुन समस्या आउनुमा संस्थामा केहि न केहि कमी कमजोरी भएका छन् । अग्रिम लाभांशको प्रलोभन देखाउनु, ऋण लगानीमा प्रयाप्त विश्लेषण नगरि अनउत्पादक क्षेत्रमा बढी ऋण लगानी गर्नु, एकै क्षेत्रमा बढी ऋण लगानी गर्नु, परियोजनालाई भन्दा भनसुनका भरमा व्यक्तिलाई लगानी गर्नु, कर्मचारीहरु सञ्चालकको प्रभावमा परि लगानी गर्नु, सदस्यले संस्थाप्रति आफ्नो स्वामित्व वा अपनत्वमा नलिनु, देशभर सहकारीका साना तिना समस्यलाई बढी प्रचार प्रसार गर्नु, दिनप्रतिदिन वित्तीय क्षेत्र प्रति लक्षित अराजक गतिविधि बढदै जानु र राज्यको भूमिका मौन रहनु जस्ता कारणबाट सहकारी संस्थाहरु झन संकट परेका छन् ।

सहकारीलाई सहि तरीकाबाट सञ्चालन गर्नका निम्ति अक्कू र नेफ्स्कूनको जस्तै ब्राण्डिङ कार्यक्रममा सहभागी गराउने र संस्थाको वित्तीय, गैर वित्तीय अवस्थाको अनुगमन गर्ने परिपाटीको विकास गराउनु पर्दछ । प्रत्येक ३/३ महिनामा संस्थागत समिक्षा गर्ने, संस्थालाई सहि मार्गमा हिडाउनका लागि सञ्चालक तथा कर्मचारीहरुलाई शिक्षा, तालिमको व्यवस्था मिलाउने र अनिवार्य ब्राण्डिङ कार्यक्रममा सहभागी गराउन सकेमा मात्र संस्था सहि मार्गमा सञ्चालन हुन सक्दछन् ।

देश संघीय प्रणालीमा गए पश्चात सहकारीको अनुगमन झन फितलो बनेको अनुभूति गरिएको छ । बिगतमा जिल्ला जिल्लामा सहकारी कार्यालय तथा डिभिजन सहकारी कार्यालय थिए । कम्तिमा पनि संस्थाको साधारण सभा हुने, अडिट स्वीकृति लिने, मासिक प्रतिवेदन पेश गर्ने लगायतका कार्यहरु डिभिजन सहकारी कार्यालयबाट अनिवार्य गराउने प्रावधान थियो र समय समयमा छड्के अनुगमन समेत हुने गर्दथ्यो । तर हाल सहकारी स्थानिय स्तर, प्रदेश स्तर र संघीय स्तरमा रहेकोले विगतमा भन्दा धेरै कम अनुगमन भएको छ । सहकारीहरुका नाममा कमाइ गर्नेका लागि अवसर बनेको छ त्यसैले त दिन दिनै सहकारीको खराब तथा समाचारको हेडलाइन बन्ने गरेको छ । हुन त सहकारी स्वनियमनमा चल्ने संस्था हो । सहकारी स्वतन्त्र र स्वायत्त संस्था हो, तै पनि कतिपयले सहकारीको सिद्धान्त, मर्म र उद्देश्यलाई बिर्सेर आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने, सहकारीलाई कमाइ खाने ब्यवसायको रुपमा प्रयोग गर्ने गरेको कारणले सहकारीमा विकृति मौलाएको छ । अनुगमनको अवस्था कमजोर हुनाले पनि उनीहरुलाई अवसर बनेको हो भने सदस्यले समेत जोखिमको वास्ता नगरी बढी प्रतिफल पाउने लोभमा कस्तो सहकारी हो ? सहकारीका सञ्चालक र कर्मचारीहरु कस्तो प्रकृतिका छन, उनीहरुको सामाजिक परिवेश कस्तो छ नबुझि लोभमा परेको हुनाले पनि समस्या देखिएको छ । सहकारी विभागले संस्था जन्माउने काम मात्र गर्ने र अनुगमन नगर्ने हो भने अझै विकराल अवस्था हुने सम्भावना छ । हामी विभिन्न फोरमहरुमा सुन्ने गर्दछौ, सहकारी संख्या बढी भयो, एकीकरण गराउनु पर्छ, तर राज्यले कुनै जिम्मेवारी लिएको पाइदैन । एकीकरण गर्न कि त बाध्यकारी बनाउनु पर्छ की त प्रोत्साहन गर्नु पर्छ, तव मात्र सहकारीको एकीकरण सहज हुन सक्छ । हाल राज्यबाट सहकारी एकीकरण गर्नेहरुका लागि प्रोत्साहन होइन निरुत्साहन गरिएकोछ । सहकारीको सम्पत्ति सहकारीमा नै नामसारी गर्न राजश्व ४ प्रतिशत  र आयकर ५ प्रतिशत गरि ९ प्रतिशत कर वापत भूक्तानी गर्नुपर्ने, आफ्नै सम्पत्तिमा एकीकरणका कारण ठूलो मूल्य चुकाउनु पर्ने, विभिन्न झन्झटको सामना गर्नु पर्ने, राज्यको नीति परिवर्तन नभए कीन संस्था एकीकरण गर्ने ?  सहकारी विभागबाट कुनै पनि ठोस कदम चालेको पाइदैन । विभिन्न विभागबाट सरुवा भई सहकारी रजिष्ट्रार आउने ४/६ महिना परिवेश बुझ्ने र फेरी सरुवा भै अन्य विभागमा जाने प्रवृत्तिले पनि सहकारी क्षेत्रले उचित समाधान पाउन सकिरहेको छैन । 

सहकारीलाई सहि तरीकाबाट सञ्चालन गर्नका निम्ति अक्कू र नेफ्स्कूनको जस्तै ब्राण्डिङ कार्यक्रममा सहभागी गराउने र संस्थाको वित्तीय, गैर वित्तीय अवस्थाको अनुगमन गर्ने परिपाटीको विकास गराउनु पर्दछ । प्रत्येक ३/३ महिनामा संस्थागत समिक्षा गर्ने, संस्थालाई सहि मार्गमा हिडाउनका लागि सञ्चालक तथा कर्मचारीहरुलाई शिक्षा, तालिमको व्यवस्था मिलाउने र अनिवार्य ब्राण्डिङ कार्यक्रममा सहभागी गराउन सकेमा मात्र संस्था सहि मार्गमा सञ्चालन हुन सक्दछन भन्ने मेरो बुझाइ रहेको छ । “सहकारीलाई ब्राण्डिङ गर्नु सवारी चालकलाई लाइसेन्स दिनु सरह हो ।” सवारी चालकलाई सवारी साधन चलाउन सक्ने सीप कस्तो छ भन्ने कुरा ड्राइभिङ परिक्षणबाट मात्र थाहा पाइन्छ त्यसै गरि सहकारी सञ्चालन गर्ने सीप र क्षमता ब्राण्डिङ कार्यक्रम परिक्षणबाट थाहा हुन्छ । ब्राण्डिङ कार्यक्रममा सफल संस्था सहजै दुर्घटनामा पर्दैन न की  लाइसेन्स प्राप्त सवारी चालकलाई जसरी सवारी साधन चलाउँदा कुन अवस्थामा ब्रेक लगाउने र साधन रोक्ने, कुन अवस्थामा एक्सिलेटर थिच्ने र साधन अघि बढाउने, कुन संकेतमा के गर्ने भन्ने पूर्ण ज्ञान भए जस्तै ब्राण्डिङ कार्यक्रममा सफल संस्थालाई कति तरलता राख्ने, कर्जा सुरक्षण कति गर्ने, सम्पतिको गुणस्तर कसरी कायम गर्ने, ऋण लगानी कस्तो ठाउँमा र कति सम्म गर्ने, वचत संकलन कसरी गर्ने, ऋण असुली कसरी गर्ने र मानव संसाधनको व्यवस्थापन कसरी गर्ने, प्रतिफल कसरी र कति वितरण गर्ने भन्ने वारे पर्ल्स अनुगमन लगायत विभिन्न औजार मार्फत पूर्ण रुपमा ज्ञान प्राप्त भएको हुन्छ । ब्राण्डिङ कार्यक्रममा सहभागी संस्थाहरुले सुशासनको पालना गरेका हुन्छन र संस्थालाई नीति, विधि र प्रविधिले सञ्चालन गरेका हुन्छन जसका कारण उनीहरुलाई सानो तिनो बिचलनबाट कुनै पनि प्रभाव पर्दैन ।   

लेख साकोस आवाजको त्रैमासिक प्रकाशन २०७९, चैत्र अंकमा प्रकाशित छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप