डडेल्धुरामा साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डडेल्धुरामा साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखिकरण 

डडेल्धुरा । नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयको आयोजनामा सुदुरपश्चिम प्रदेशका संघ संस्थाहरुलाई स्तरीकरण सम्बन्धी अभिमुखिकरण सोमबार सम्पन्न भएको छ । नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य तेज बहादुर ऐरको अध्यक्षतामा सम्पन्न भएको तालिममा प्रमुख अतिथि बैतडी जिल्ला सहकारी संघका उपाध्यक्ष दुर्गा ठगुन्ना रहनुभएको थियो भने डडेल्धुरा जिल्ला वचत संघका उपाध्यक्ष खडक सिह बिष्ट, दार्चुला बचत संघका लेखा सुपरीवेक्षण समिति संयोजक शुक्लावती बुढाथोकीको आतिथ्यता रहेको थियो । तालिममा सुदुरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, अछाम र बाजुराका १४ वटा सहकारीबाट वाट १७ जना सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुको तर्फबाट मन्तव्य राख्नुहुँदै सुन्दर अमरगढी साकोसका प्रबन्ध निर्देशक तुलाराम पनेरुले सुदुर पश्चिमका पहाडी जिल्लाको सहकारी अभियान पछाडि परेकोले नेफ्स्कूनले आफ्ना गतिबिधि सुदुरपश्चिमका पहाडी जिल्लामा बढाउनु पर्ने बताउनु भयो । साथै स्तरीकरण कार्यक्रममा सहभागी हुन आफुहरु प्रतिबद्ध  रहेको जनाउदै त्यसका लागि संघले आवश्यक पहल गर्न अनुरोध गर्नुभयो ।
प्रमुख अतिथि दुर्गा ठगुन्नाले स्तरीकरण कार्यक्रममा सबै सहकारीले सहभागी हुनुपर्ने र साकोसको विकास र सुशासनका लागि स्तरीकरण कार्यक्रम अनिवार्य रहेको बताउनु भयो । त्यसैगरी मन्तव्य राख्नुहुँदै सभाध्यक्ष तेज बहादुर ऐरले अहिले आम नागरिकको सहकारी प्रतिको धारणा नकारात्मक देखिएकोले सहकारी क्षेत्रलाई एउटा विश्वसनिय खम्वाको रुपमा स्थापित गर्नको लागि स्तरीकरण कार्यक्रममा समावेश हुनु आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन डडेल्धुरा सदस्य सेवा कार्यालय ईन्चार्ज धर्मराज जोशी गर्नुभएको थियो भने व्यवस्थापन कार्यालय सहायक गजेन्द्र बहादुर साउदले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप