महाभारत जेफाले साकोसको सदस्य सक्षमता विकास तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महाभारत जेफाले साकोसको सदस्य सक्षमता विकास तालिम सम्पन्न 

मोरङ । उत्तरी मोरङको केरावारी –२ सिंघदेवीको एकमात्र साकोस महाभारत जेफाले साकोसमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, शेयर सदस्य र कर्मचारी गरी ३२ जनाको उपस्थिति सहित नेफ्स्कूनको प्राविधिक सहयोगमा सदस्य सक्षमता विकास तालिम असार २ गते सम्पन्न भयो । असार १ र २ गते संचालन भएको तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष योग्यबहादुर लिम्बुले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता निवर्तमान अध्यक्ष एवम् केरावारी गाउँपालिकाका सहकारी समन्वय समिति संयोजक डिल्लीराम शर्मा अधिकारीले गर्नु भएको थियो साथै आतिथ्यता केरावरी गाउँपालिका वडा नम्वर २ का सचिव रत्नबहादुर बुढाथोकीले गर्नु भएको थियो ।

कार्यक्रममा अतिथि वडा सचिवले महाभारत जेफाले साकोसलाई सफलताको शुभकामना सहित वित्तीय संस्थाको जोखिम व्यवस्थापन गर्न कै लागि यस प्रकारको तालिमको आयोजना भएको बताउनु भयो । महाभारत साकोसले समुदायमा छवि निर्माण सहित धेरै भन्दा धेरै सामाजिक क्रियाकलापमा समेत ध्यान दिने अपेक्षा सहितको मन्तव्य राख्नु भएको थियो । उद्घाटन सत्रमा मन्तव्य राख्नु हुदै केरावारी गाउँपालिका सहकारी समन्वय समिति संयोजकले अनुभव आदान प्रदानको माध्यमबाट सन्तुष्ट सदस्य र दिगो साकोस बनाउन सहयोग पुग्ने भएकोले तालिममा अन्तक्रियात्मक सहभागिता सहित सबैलाई सोहि अनुसार कार्यान्वयनमा लाग्न सल्लाह दिनु भयो । अहिलेको परिस्थितिमा सदस्यसँगको भेटघाट र अन्तरक्रिया मार्फत सम्वन्ध स्थापित गर्न सकियो भने सदस्यले विश्वास गरी अनावश्यक दबाबमा नपार्ने भएकोले सोहि अनुसार कार्यान्वयन गर्न आग्रह गर्नु भयो । 

कार्यक्रमको अध्यक्षता गर्नु हुने आयोजक साकोसका अध्यक्षले उद्घाटन सत्रको समापन मन्तव्यमा यस प्रकारको नीति तथा कार्यक्रम बनाएर तालिमको व्यवस्थाका लागि छाता संघलाई धन्यवाद व्यक्त गर्दै हाल देखिएको ऋण असुलीको समस्यालाई समेत सहजता प्रदानको अपेक्षा गर्नु भएको थियो । स्वागत मन्तव्य व्यवस्थावक मनोज अधिकारीले गर्नु भएको थियो भने उद्घाटन कार्यक्रमको सञ्चालन आयोजक साकोसका सचिव यमन मुसङ लिम्बुले गर्नु भएको थियो । तालिमको सहजिकरण नेफ्स्कून व्यवसाय अधिकृत रामकृष्ण भट्टराईले गर्नु भयो भने सफ्टवयर सम्बन्धि अभिमुखिकरण सुचना प्रविधि सहायक मिलन कोइरालाले गर्नु भएको थियो ।

कार्यक्षेत्र भित्रको जनसंख्या मध्ये ६७ प्रतिशत भन्दा बढि सदस्य बनाएर वित्तीय एवम् गैर वित्तीय सेवाको माध्यमबाट छुट्टै पहिचान बनाउन सफल साकोसमा आवद्ध सदस्यहरुले सम्पूर्ण समाधानको केन्द्र बनोस् भन्ने अपेक्षा राखेकोले तालिममा समेत सो विषयलाई प्राथमिकताका साथ छलफल गरी विकल्पहरुको खोजि गरिएको थियो । तालिममा सहभागीहरुले भाखा नाघेको ऋण व्यवस्थापनको लागि हालको लगानी प्रकृयालाई समयानुकुल अद्यावधिक गराई ऋण लगानी गर्ने र जोखिम व्यवस्थापनको लागि कोषको व्यवस्था पूर्ण गर्ने, ऋण आन्तरीक कार्यविधि समयानुकुल अध्यावधिक गरी औषत ऋण रकमलाई समेत ध्यान दिदै सदस्यको क्षमतामा आधारीत मात्र ऋण लगानी गर्ने साथै ऋण परामर्शलाई अनिवार्य गर्ने, ऋण लगानी गर्न अगाडि नै कानूनी सिमाहरुलाई ध्यान दिने र सोहि अनुसारका कागजातहरु अध्यावधिक गर्ने, सदस्यहरुलाई उद्यमी बनाउने गरी साकोसमा नै प्रशिक्षक तयार गरी संभावित सदस्यहरुलाई उद्यमशीलता तालिम दिने, सदस्यसँगको सुमधुर सम्वन्धको लागि सदस्य शिक्षा, विस्तारीत मञ्च, सदस्यसँग नियमित भेटघात तथा अन्तरक्रिया लगायतका क्रियाकलाप निरन्तर गरी राख्ने विषयमा समेत साझा बुझाइका साथ कार्यन्वयनमा ऐक्यवद्धता सहित लाग्ने निश्कर्ष निकालिएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप