नव सृजनशील साकोसद्वारा “समुदायमा सहकारीको आवश्यकता र महत्व” विषयक निबन्ध लेखन प्रतियोगिता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नव सृजनशील साकोसद्वारा “समुदायमा सहकारीको आवश्यकता र महत्व” विषयक निबन्ध लेखन प्रतियोगिता 

काठमाण्डौं । काठमाण्डौं महानगरपालिका–७, चावहिलमा रहेको नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो  १६औं स्थापना दिवसको अवसरमा “समुदायमा सहकारीको आवश्यकता र महत्व” विषयक अन्तर विद्यालय माध्यामिक तह स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न ९ वटा विद्यालयबाट १४ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रतिष्पर्धी निर्णायक छनौट निबन्धकार तथा प्राध्यापक दुुर्गा प्रसाद नेपालले गर्नुभएको थियो ।

प्रतियोगितामा पशुपती मित्र मा.वि.चावहिलकी छात्रा प्राची ठाकुरले पहिलो स्थान हासिल गर्नुभएको थियो ।  त्यसैगरि कान्ति भैरव मा.वि., थलीका दिक्षा सुनारले द्वितिय र मिनिल्याण्ड मा.वि., थलीका मन्दिरा गिरीले तृतीय स्थान हालिस गर्नुभएको थियो । त्यसैगरि रिलायन्स् पब्लिक, कपनका समृद्धी अर्याल र गान्दी आदर्श मा.वि. गोठाटारका टिका खपांगीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको आयोजक साकोसका सचिव एव. शिक्षा तथा तालिम उपसमिति संयोजक विजया लामिछानेले जानकारी गराउनुभयो ।

चावहिलस्थित पशुपति मित्र मा.वि.मा असार २ गते भएको प्रतियोगिताबाट उत्कृष्ठ विद्यार्थीहरुलाई साकोसको स्थापना दिवसको अवसर पारेर असार ४ गते निर्णायक दुर्गा प्रसाद नेपाल र साकोसका अध्यक्ष विश्वनाथ अर्यालको हस्ताक्षर सहितको उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो । 

२०६५ असार ४ गते स्थापना भएको नव सृजनशील साकोसले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर बचत तथा ऋण सहकारी अभियानलाई युवामाझ परिचित बनाउने उद्देश्यसहित निवन्ध लेखन प्रतियोगिताको आयोजना गरेर उदाहरणीय काम गरेको छ । “समुदायमा सहकारीको आवश्यकता र महत्व” विषयक निवन्ध लेखन प्रतियोगिताले युवा सदस्यहरुमाझ सहकारीको महत्वबारे ज्ञान हासिल गर्न उपयोगी सावित भएको छ । 

नव सृजनशील बचत तथा ऋण सहकारी संस्थामा कुल शेयर सदस्य १ हजार २ सय ९० जना रहेका छन् । साकोसको शेयर पुँजी रु. १ करोड ९४ लाख ६३ हजार ७ सय, जगेडा कोषमा रु. १ करोड ६४ लाख १५ हजार ५१० रहेको छ भने साकोसको कुल सम्पत्ती रु. २१ करोड ५५ लाख ८६ हजार १४५ छ । साकोसको १७.६३ प्रतिशत तरलता कायम छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप