भेरीगंगा नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भेरीगंगा नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन तालिम प्रदान

सुर्खेत । भेरीगंगा नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । भेरीगंगा नगरपालिकाको सहयोग र नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा असार ११ र १२ गते सञ्चालित दुई दिवसीय तालिममा ३६ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको छ । नगरपालिकाको छिन्छुमा आयोजित तालिममा नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका उपसमिति सदस्य भुपेन्द्र बहादुर सिंहको अध्यक्षता र नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा विशेष अतिथिका रुपमा भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहरा र अतिथिका रुपमा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीको उपस्थिति थियो । 

प्रमुख अतिथि यज्ञप्रसाद ढकालले भेरीगंगा नगरपालिकाका सहकारीलाई व्यवस्थित बनाई नीति, विधि र प्रविधिमैत्री बनाउनका लागि भेरीगंगा नगरपालिकाले सहकारीको व्यवस्थापन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भयो । भेरीगंगा नगरपालिका भित्रका सम्पूर्ण प्रकृतिका सहकारी संस्थाहरुको स्थलगत निरीक्षण गरी संस्थाको अवस्था पत्ता लगाउने काम सकिएकोले अव सक्रिय रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउन र विभिन्न किसिमका कार्यक्रममा जोड्नका लागि सहज हुने बताउनु भयो । 

नरपालिकाका सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीले उपस्थित सहभागिहरुलाई स्वागत मन्तव्य राख्दै सहकारीको वर्तमान अवस्था र चुनौतिको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले सहभागी साकोसहरुलाई  समयमा नै सहकारी शाखामा मासिक अनिवार्य रुपमा प्रतिवेदन बुझाउन अनुरोध गर्नुभएको थियो । सहकारीलाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्नका लागि व्यवस्थापकले सक्रिय रुपमा भूमिका निर्वाह गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।  

विशेष अतिथि नगर उपप्रमुख धनसरा बोहराले सहकारी प्रति नागरिकको नकारात्मक धारणा रहेकोले सहकारीलाई विश्वनीय संस्थाको रुपमा स्थापित गर्नका लागि अथक प्रयास र सदस्यको मनजित्ने किसिमले काम गर्नु पर्ने बताउनु भयो । भेरीगंगा नगरपालिकाको कार्यक्षेत्र भित्रका सहकारीहरुलाई व्यवस्थित बनाउन, सहकारीको व्यवस्थापन र प्रवद्र्धनका लागि नगरपालिका सधै तम्तयार रहेको उहाँले व्यक्त गर्नुभयो ।  

कार्यक्रममा सभाध्यक्ष तथा उपसमितिका सदस्य भुपेन्द्र बहादुर सिंहले सहकारी संस्थामा व्यवस्थापक भनेको सहकारीको मुटुको रुपमा रहेको बताउनु भयो । जव मुटु राम्रोसँग चल्दैन तव मानिस स्वस्थ रहदैन । त्यसैगरी सहकारी संस्थामा पनि व्यवस्थापकले राम्रोसँग बुझेर काम गर्नु पर्ने र सबै कुरामा अद्यावधिक हुनु पर्ने जानकारी गराउनु भयो । 

तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको छ । कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका ईन्चार्ज चन्द्रदेव जोशीले र आवश्यक व्यवस्थापन सदस्य सेवा कार्यालयका व्यवसाय सहायक मदन कुमार चन्दले गर्नु भएको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप