बागमती प्रोस्कूनद्वारा सहकारीमा 'सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता' विषयक अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रोस्कूनद्वारा सहकारीमा 'सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता' विषयक अन्तरक्रिया 

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले ‘सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता’ विषयक अन्तरक्रिया सोमबार सम्पन्न गरेको छ । बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघहरुको सञ्जाल व्यवस्थापन  र सञ्जाल सहकार्य सम्बन्धी साझा धारणा बनाउने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको हो । गोष्ठीमा बागमती प्रदेशका १२ जिल्ला बचत तथा ऋण सहकारी संघको सहभागिता रहेको थियो ।

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालित गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारीमा सञ्जाल व्यवस्थापन र सहकार्यको महत्वको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले बागमती प्रदेशमा सञ्जाल सहकार्य र सञ्जाल व्यवस्थापनको विषयमा निर्धारण गरेको संरचना र सो मार्फत बचत तथा ऋण सहकारीको उदाहरणीय व्यवस्थापनमा संघको परिकल्पनाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

संघका महासचिव जिवसराज खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कल्पना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । बागमती प्रोस्कूनले कल्पना गरेको सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्यका विषयमा सहभागीहरुबीच खुल्ला छलफल समेत गरेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप