सर्लाहीमा सहकारीका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीमा सहकारीका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेका सहकारी संस्थाका सञ्चालकहरुलाई क्षमता विकास तथा कोपोमिस प्रविष्टी सम्वन्धी तीन दिने तालिमको आयोजना गरिएको छ । जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीको आयोजना तथा लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
 
लालबन्दीमा आयोजित तालिम असार ११ देखि १३ गते सम्म सञ्चालन हुनेछ ।  तालिमको उदघाटन गर्दै लालवन्दी नगरपालिकाका नगर प्रमुख वाशुदेव अधिकारीले सहकारीहरु जसरी गाउँ गाउँमा पुगी सदस्यको मन जिति सदस्यलाई उत्पादन सँग जोडनु पर्ने हो, सो नभएर लालबन्दी नगरपालिकाका सहकारीहरु बजार केन्द्रित भएकाले तालिम पश्चात सहकारीहरु गाउँ गाउँ पुगि सदस्य सँग जोडिने विश्वास व्यक्त गर्नु भयो । 

नगरप्रमुख अधिकारीले आफू पनि सहकारीकर्मी भएको र सहकारीबारे स्पष्ट बुझाइ नरहँदा सहकारी सञ्चालनमा समस्या आउने भन्दै उहाँले सहकारीका सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्न नगरको वार्षिक वजेटमा नै सहकारीका लागि बजेटको व्यवस्थापन गरिएको वताउनुभयो । 

जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीका निवर्तमान अध्यक्ष वावुराम घिमिरेले स्थानीय निकायमा आएका सहकारीहरुको पालिकाले अनुगमन नगर्दा नै व्यक्तिवादी हावी भई सहकारीहरुमा आज समस्या देखिएकाले पालिकाले सहकारी विभागमा सहकारी वुझेका कर्मचारी राखि निरन्तर सहकारीको अनुगमन गर्न सुझाउनु भयो । यसरी अनुगमन गरि सदस्यको धन सुरक्षित गर्न सकेको खण्डमा नगरप्रमुखलाई नगरका जनताले अझ वेसी माया गर्ने भएकाले यस्ता प्रशिक्षणका कार्यक्रमहरु वर्षेनी नगरको वजेटमा व्यवस्थापन गर्दै जान नगरप्रमुखलाई अनुरोध गर्नु भयो । 

नेफस्कून साकोस म्यानेजर्स क्लव मधेश प्रदशेका संयोजक विनोद कुमार थापाले सहकारीका सञ्चालहरुले सहकारी मेरो नभै हाम्रो हो भनि समुदायमा सहकारीलाई रिजाउन सक्नु भएन भने सहकारीका सञ्चालक कुनै न कुनै दिन भाग्न पर्ने वा घरघडेरी वेची सदस्यका वचत फिर्ता गर्नु पर्ने भएकाले यो तालिम पश्चात सहकारीका सञ्चालकहरु खारिएर निरन्तर सदस्यको सेवामा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सर्लाहीका अध्यक्ष मन्दिरा आचार्यले  सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्न नगरपालिकाले वजेट व्यवस्थापन गरेकोमा नगर प्रमुख वाशुदेव अधिकारीलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो । राज्यले सहकारी क्षेत्रलाई संरक्षण गर्दै सदस्यको वचत सुरक्षित गर्नका लागि ऋण असुली कार्यमा समेत सहयोग पु¥याउनु पर्ने वताउनु भयो । सदस्यले लिएको ऋण समयमा नतिर्दा नै सदस्यको वचत फिर्ता गर्न नसकि सहकारीमा समस्या सृजना भएकाले सहकारीको ऋण नतिर्ने सदस्यलाई नगरवाट उपलव्ध हुने सुविधा रोकेर भए पनि ऋण उठाउन पालिकाले सहयोग गरेको खण्डमा सहकारी क्षेत्रलाई धेरै राहत हुने वताउनु भयो । 

तालिमको दोश्रो दिन मंगलबार नेफस्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीका सञ्चालकहरु स्वयं निरन्तर सदस्य सम्बन्ध विस्तारमा लाग्नुपर्ने बताउनुभयो । 

नेफस्कूनकी सञ्चालक गोमा नेपालले सञ्चालकहरुको क्षमता अभिवृद्धि र लालवन्दी नगरपालिकाका कर्मचारी सुदर्शन श्रेष्ठले कोपोमिस सम्वन्धी सहजिकरण गर्नु भएको थियो ।  तालिममा लालवन्दी नगरपालिका भित्र सञ्चालित सहकारीका सञ्चालकहरु ३० जनाको सहभागिता रहेको छ । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप