सर्लाहीमा सहकारीका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीमा सहकारीका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेका सहकारी संस्थाका सञ्चालकहरुलाई क्षमता विकास तथा कोपोमिस प्रविष्टी सम्वन्धी तीन दिने तालिमको आयोजना गरिएको छ । जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीको आयोजना तथा लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
 
लालबन्दीमा आयोजित तालिम असार ११ देखि १३ गते सम्म सञ्चालन हुनेछ ।  तालिमको उदघाटन गर्दै लालवन्दी नगरपालिकाका नगर प्रमुख वाशुदेव अधिकारीले सहकारीहरु जसरी गाउँ गाउँमा पुगी सदस्यको मन जिति सदस्यलाई उत्पादन सँग जोडनु पर्ने हो, सो नभएर लालबन्दी नगरपालिकाका सहकारीहरु बजार केन्द्रित भएकाले तालिम पश्चात सहकारीहरु गाउँ गाउँ पुगि सदस्य सँग जोडिने विश्वास व्यक्त गर्नु भयो । 

नगरप्रमुख अधिकारीले आफू पनि सहकारीकर्मी भएको र सहकारीबारे स्पष्ट बुझाइ नरहँदा सहकारी सञ्चालनमा समस्या आउने भन्दै उहाँले सहकारीका सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्न नगरको वार्षिक वजेटमा नै सहकारीका लागि बजेटको व्यवस्थापन गरिएको वताउनुभयो । 

जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीका निवर्तमान अध्यक्ष वावुराम घिमिरेले स्थानीय निकायमा आएका सहकारीहरुको पालिकाले अनुगमन नगर्दा नै व्यक्तिवादी हावी भई सहकारीहरुमा आज समस्या देखिएकाले पालिकाले सहकारी विभागमा सहकारी वुझेका कर्मचारी राखि निरन्तर सहकारीको अनुगमन गर्न सुझाउनु भयो । यसरी अनुगमन गरि सदस्यको धन सुरक्षित गर्न सकेको खण्डमा नगरप्रमुखलाई नगरका जनताले अझ वेसी माया गर्ने भएकाले यस्ता प्रशिक्षणका कार्यक्रमहरु वर्षेनी नगरको वजेटमा व्यवस्थापन गर्दै जान नगरप्रमुखलाई अनुरोध गर्नु भयो । 

नेफस्कून साकोस म्यानेजर्स क्लव मधेश प्रदशेका संयोजक विनोद कुमार थापाले सहकारीका सञ्चालहरुले सहकारी मेरो नभै हाम्रो हो भनि समुदायमा सहकारीलाई रिजाउन सक्नु भएन भने सहकारीका सञ्चालक कुनै न कुनै दिन भाग्न पर्ने वा घरघडेरी वेची सदस्यका वचत फिर्ता गर्नु पर्ने भएकाले यो तालिम पश्चात सहकारीका सञ्चालकहरु खारिएर निरन्तर सदस्यको सेवामा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सर्लाहीका अध्यक्ष मन्दिरा आचार्यले  सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्न नगरपालिकाले वजेट व्यवस्थापन गरेकोमा नगर प्रमुख वाशुदेव अधिकारीलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो । राज्यले सहकारी क्षेत्रलाई संरक्षण गर्दै सदस्यको वचत सुरक्षित गर्नका लागि ऋण असुली कार्यमा समेत सहयोग पु¥याउनु पर्ने वताउनु भयो । सदस्यले लिएको ऋण समयमा नतिर्दा नै सदस्यको वचत फिर्ता गर्न नसकि सहकारीमा समस्या सृजना भएकाले सहकारीको ऋण नतिर्ने सदस्यलाई नगरवाट उपलव्ध हुने सुविधा रोकेर भए पनि ऋण उठाउन पालिकाले सहयोग गरेको खण्डमा सहकारी क्षेत्रलाई धेरै राहत हुने वताउनु भयो । 

तालिमको दोश्रो दिन मंगलबार नेफस्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीका सञ्चालकहरु स्वयं निरन्तर सदस्य सम्बन्ध विस्तारमा लाग्नुपर्ने बताउनुभयो । 

नेफस्कूनकी सञ्चालक गोमा नेपालले सञ्चालकहरुको क्षमता अभिवृद्धि र लालवन्दी नगरपालिकाका कर्मचारी सुदर्शन श्रेष्ठले कोपोमिस सम्वन्धी सहजिकरण गर्नु भएको थियो ।  तालिममा लालवन्दी नगरपालिका भित्र सञ्चालित सहकारीका सञ्चालकहरु ३० जनाको सहभागिता रहेको छ । 

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२४ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

१ दिन अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप