मकवानपुरका सहकारी प्रतिनिधिहरुका लागि वित्तीय साक्षरता प्रशिक्षण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरका सहकारी प्रतिनिधिहरुका लागि वित्तीय साक्षरता प्रशिक्षण सञ्चालन

हेटौंडा। मकवानपुरमा सहकारीकर्मीहरुका लागि वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहकार्यमा मकवानपुरका सहकारीकर्मीहरुका लागि असार १० देखि १२ गतेसम्म तीन दिवसीय वित्तीय साक्षरता तालिम प्रदान गरिएको हो । 

तालिमको मुख्य उद्देश्य संस्थाका पदाधिकारीहरु र व्यवस्थापनलाई  वित्तीय साक्षरता सम्बन्धी विषयवस्तुहरुमा प्रशिक्षण गराई आवश्यक पर्ने ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउनु रहेको जिल्ला बचत संघ मकवानपुरले जनाएको छ । तालिमबाट संस्थाले आगामी आर्थिक वर्षमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम राखि सदस्यहरुलाई प्रशिक्षण गराउनु सक्षम हुन्छन् भन्ने विश्वास लिइएको छ । तालिमले शेयर सदस्यहरुलाई पारिवारिक बजेट निर्माण गर्न, व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न, ऋण जोखिम विश्लेषण र व्यवस्थापन गर्न, दिर्घकालिन बचत तथा लगानी उपाय सिकाउन सहजीकरण गरेको छ । साक्षरता कार्यक्रम मार्फत वित्तीय तनाव कम गर्ने र दिर्घकालिन रुपमा वित्तीय स्थिरता प्रदान गरि सदस्यहरुलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनु तालिमको उद्देश्य रहेको थियो ।

तीन दिवसीय तालिमको सहजकिरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । उक्त तालिममा संघका सदस्य संस्था मध्ये २३ वटा साकोसहरु र गैर सदस्य संस्थाबाट १ वटा कृषि सहकारी संस्था गरि जम्मा २६ जना प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

समापन सत्र सञ्चालन जिल्ला बचत संघका कार्यक्रम संयोजक सुनिल भ्लोनले गर्नुभएको थियो भने सभाअध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरका सचिव विरेन्द्र प्रसाद ढुङ्गानाले गर्नुभएको थियो । संघको तर्फबाट सञ्चालक सदस्य, पूर्वी क्षेत्र उपसमिति सदस्य एंव व्यवस्थापकको उपस्थिती रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप