बाँकेमा बार्षिक बजेट तथा योजना निर्माण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाँकेमा बार्षिक बजेट तथा योजना निर्माण तालिम सञ्चालन

नेपालगञ्ज । बाँकेको नेपागञ्जमा साकोस प्रतिनिधिहरुका लागि बार्षिक बजेट तथा योजना निर्माण तालिम सञ्चालन गरिएको छ । बाँके सदस्य सेवा कार्यालयका फिल्ड व्यवस्थापन उप समिति सदस्य प्रेम बहादुर शाहको अध्यक्षतामा उद्घाटन भएको तालिमको प्रमुख अथिति लुम्बिनी प्रदेश सरकार सहकारी प्रशिक्षण केन्द्र बाँकेका प्राचार्य बिनोद पौडेल रहनु भएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, बाँके सदस्य सेवा कार्यालय फिल्ड व्यवस्थापन उप समिति सदस्य विकुधर चौधरीको आतिथ्यता रहेको थियो । 

प्रमुख अथिति सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य पौडेलले सहकारी एक सामुहिक व्यवसाय हो, यसका नीति, मूल्य, मान्यता र सिद्धान्त हुन्छन् त्यसको पालना गरी स्वनियमनमा सञ्चालन गर्ने स्वायत्तता सहकारी रहेकोले संस्थाका सञ्चालक र कर्मचारीले पूर्ण रुपमा आत्मसात गर्नु पर्ने धारण राख्नु भयो ।

“योजना नबनाउनु भनेको, असफल हुने योजना बनाउनु हो” त्यसैले प्रशिक्षण केन्द्रले गर्नु पर्ने दायित्व संघले गरिरहेकोमा धन्यवाद दिँदै तालिम निकै महत्वपूर्ण रहेको धारण राख्नु भयो । 

वर्तमान समयमा  विशेष गरेर सहर केन्द्रीत सहकारी क्षेत्रमा देखिएको मुख्य चुनौति भनेको सहकारीमा साझा बन्दन कायम गर्न नसक्नु हो, त्यसैले यस तर्फ सबै सचेत हुनु पर्ने धारणा उहाँले राख्नु भयो । उद्घाटन शत्रमा बोल्ने अन्य वक्ताहरुले उपयुक्त समयमा महत्वपूर्ण विषयमा तालिम आयोजान भएकोले यसको भरपुर सदुपयोग गर्न अनुरोध गर्नु भयो । तालिमका सभाअध्यक्ष साहले संघले सहकारी संस्थाको संस्थागत विकासका लागि यस प्रकारका तालिम कार्यक्रम आयोजना गरि सहकारी क्षेत्रलार्य मर्यादित बनाउन निरन्तर रुपमा प्रयास गरिरहेको धारणा राख्नु भयो । 

दुई दिन सम्म चल्ले तालिममा बाँके र बर्दिया जिल्लाका विभिन्न संस्थाका २५ जना सञ्चालक तथा उच्च व्यवस्थापनको सहभागिता रहेको छ । नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारीले सहजिकरण गर्नुभएको तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य फिल्ड व्यवस्थापन उप समिति सदस्य विकुधर चौधरीले गर्नु भएको थियो भने सञ्चालन बाँके सदस्य सेवा कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप