कैलाशभक्त प्रधानाङ्गको आज ८५औं जन्मदिन, सहकारी कार्यक्रम गर्दै भोलि जन्मदिवस मनाइने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलाशभक्त प्रधानाङ्गको आज ८५औं जन्मदिन, सहकारी कार्यक्रम गर्दै भोलि जन्मदिवस मनाइने

नेफ्स्कूनका पूर्व अध्यक्ष, सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गको आज ८५औं जन्मदिन परेको छ । वि.सं. १९९६ असार १३ गते शुक्लपक्ष द्वादशी तिथिका दिन बाबु चन्द्रभक्त प्रधानाङ्ग र आमा श्रवणकुमारी प्रधानाङ्गको कोखबाट उहाँको जन्म भएको थियो । भक्तपुर जिल्लाको ठिमि नगरपालिका (पुरानो नगदेश –८) मा जन्मनुभएका प्रधानाङ्गको वाल्यकाल र प्रारम्भिक शिक्षा ठिमी पाठशालाबाट शुरु भएको थियो । 

बचत तथा ऋण सहकारी अभियानका जीवन्त इतिहास प्रधानाङ्ग आजपनि सहकारी क्षेत्रमा उत्तिकै क्रियाशिल हुनुहुन्छ । २०५० फागुन ३ गतेदेखि २०६४ मंसिर १४ गतेसम्म लगातार १४ बर्ष नेफ्स्कूनको अध्यक्षमा रहेर बचत तथा ऋण सहकारी अभियानको नेतृत्व प्रदान गर्नुभएका प्रधानाङ्ग प्रारम्भिक सहकारी सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ भने विगत ६० बर्षदेखि ठिमिस्थित गणेश माध्यामिक विद्यालयको सञ्चालक समितिको अध्यक्ष रहनुभएको छ । 

हाल पनि विभिन्न संघ संस्था र सहकारीका कार्यक्रममा प्रमुख अतिथि र अतिथिको रुपमा सहभागी हुँदै आउनुभएको छ । 

नेपालको बचत तथा ऋण सहकारी अभियानमा उहाँको योगदान अविस्मरणीय छ । उहाँले आफ्नो ८६औं जन्मदिन असार १६ गते विशेष समारोहका साथ मनाउँदै हुनुहुन्छ । प्रधानाङ्ग जन्मदिवसको विशेष महत्व हुने विचार राख्नुहुन्छ । सहकारीको परिभाषा अनुरुप सहकारीले आर्थिक, सामाजिक र सांस्कृतिक काम गर्नुपर्ने तर नेपालका सहकारीको सांस्कृतिक पक्षमा राम्रो नभएको उहाँको ठम्याई छ । सहकारीका जेष्ठ नागरिकहरुको जन्मदिवस मनाउने कार्यक्रमले एक आपसमा आत्मिय सम्बन्ध र संस्कृति विकास हुने विश्वास उहाँ राख्नुहुन्छ । उहाँले जेष्ठ सदस्यहरुको जन्मदिनमा सहकारीमार्फत सगुन दिने कार्यक्रम गर्दै पनि आउनुभएको छ ।  

उहाँले आफ्नो ८६औं जन्मदिवसका अवसरमा सहकारी क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने तीन जनालाई पुरस्कृत गर्न लागिएको समेत जानकारी गराउनुभयो ।  रु. ५५ हजार ५ सय ५५ रासीको कैलाशभक्त प्रधानाङ्ग विशेष सहकारी पुरस्कार सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठलाई, विनोद शाह स्मृति पुरस्कार श्री नारी सेवा साकोसकी अध्यक्ष सहना पसखललाई र असल व्यवस्थापक पुरस्कार श्री अग्रज महिला साकोसकी व्यवस्थापक तुलसा खड्कालाई प्रदान गर्ने निर्णय गर्नुभएको छ । विनोद शाह स्मृति पुरस्कार ५ हजार १ रुपैंया रासीको रहेको छ । सहकारी समन्वय समिति भक्तपुर २०७० को विभिन्न समयमा अध्यक्षमा रहनुहुने व्यक्तिहरुमा स्मृति पुरस्कार वितरण हुने उहाँ बताउनुहुन्छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप