सुर्खेतमा सहकारीको विकास तथा प्रवर्धनका लागि सहकारी सिद्धान्त परिक्षण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सहकारीको विकास तथा प्रवर्धनका लागि सहकारी सिद्धान्त परिक्षण तालिम सञ्चालन

सुर्खेत । भेरीगंगा नगरपालिकाको सहयोग र नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा भेरीगंगा नगरपालिका अन्तर्गतका सहकारी संस्थाहरुका लागि व्यवस्थापन तथा प्रवर्धन कार्यक्रम अन्तर्गत सहकारी सिद्धान्त परिक्षण सम्बन्धी २ दिने तालिम असार १४ गते सम्पन्न भएको छ । 

कार्यक्रम भेरीगंगा नगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीको अध्यक्षता र प्रशासन शाखा अधिकृत कृष्ण प्रसाद शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । तालिम समापन कार्यक्रममा सहकारी शाखाका कर्मचारी सुनिता जैशीको पनि उपस्थिति थियो । 

कार्यक्रममा प्रमुख अतिथि शर्माले सहकारी सञ्चालनका लागि सहकारी सिद्धान्तबारे जानकार हुनु अति नै आवश्यक रकेको बताउनु भयो । सहकारीमा सहकारीका सिद्धान्तहरुको सैद्धान्तिक रुपमा कत्तिको लागु भएको छ त्यो विषयमा पनि तालिमले जानकार गराउने बताउनु भयो । 

कार्यक्रमका सभाध्यक्ष चित्रा डाँगीले सहकारीका सिद्धान्त परिक्षण सम्बन्धी तालिमले सहकारी कसरी सञ्चालन भएको छ । सहकारीका सिद्धान्तका आधारमा सञ्चालन भएको छ छैन भनी संस्थामा परिक्षण गर्न सजिलो हुने बताउनु भयो । सहकारी सम्बन्धी विगत लामो समय देखि तालिम शिक्षाका कार्यक्रम एकदमै कम मात्रामा भएको र यस बर्षमा सहकारीका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिएको जानकारी गराउनु भयो । सहकारी संस्थाहरुले पनि संस्थाको वित्तीय मासिक प्रतिवेदन समयमा नै बुझाउनु पर्ने बताउनु भयो । मासिक प्रतिवेदन समयमा नबुझाउँदा सहकारीको अवस्थाको बारेमा जानकारी नहुने विचार राख्नुभयो । 

२ दिने तालिममा सहभागिहरुलाई नेफ्स्कून कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको थियो । तालिममा भेरीगंगा नगरपालिका अन्तर्गतका विभिन्न सहकारीका सञ्चालकहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक रेग्मीले सहकारी सिद्धान्त परिक्षण सम्बन्धी र सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा सहजीकरण गर्नु भएको थियो । 

तालिम समापनका अवसरमा सहभागीको तर्फबाट मन्तव्य राख्दै खिम बहादुर वलीले तालिम एकदमै प्रभावकारी रहेको र यस्ता तालिमले सहकारी सञ्चालनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने आवश्यक व्यवस्थापन सदस्य सेवा कार्यालयका सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप