रुपन्देहीमा व्यक्तित्व विकास तथा व्यवस्थापकीय नेतृत्व सम्बन्धी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा व्यक्तित्व विकास तथा व्यवस्थापकीय नेतृत्व सम्बन्धी अभिमुखीकरण 

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून सदस्य सेवा कार्यालय रुपन्देहीको आयोजनामा Personal Branding & Managerial Leadership (व्यक्तित्व विकास तथा व्यवस्थापकीय नेतृत्व) सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सदस्य संघ संस्थाका व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य व्यवस्थापन प्रमुखले गर्नु पर्ने प्रभावकारी सञ्चारकला, सदस्य सँगको सम्बन्ध व्यवस्थापन गर्न सक्ने क्षमता, सामाजिक सीप, तनाव व्यवस्थापन, उत्प्रेरणाका विषयमा जानकारी गराउनु रहेको थियो ।

रुपन्देही सदस्य सेवा कार्यालय अन्तर्गतका ६५ सहकारीका व्यावस्थापन प्रमुखहरु उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि एवम नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले अभियानमा देखिएको समस्याको मुख्य कारण संस्थामा व्यवस्थापन प्रमुखहरुले सम्पूर्ण व्यवस्थापकिय भुमिका उपयोग गर्न नपाउनु, नीति विधिबाट संस्था सञ्चालन भन्दा अल्पमत र वहुमतको आधारमा महत्वपूर्ण निर्णयहरु हुनु, सहकारी ऐन नियमको प्रभावकारी कार्यन्वयन नहुनुले अभियानमा समस्या देखिएको वताउनु भयो ।

रुपन्देही सदस्य सेवा कार्यालयका संयोजक सन्दीप सापकोटाले अभियानमा देखिएको समस्या नियमनकारी निकाय र हामी अभियन्ताका कारणले आएको हुँदा यो जटिल परिस्थतिमा सहकार्य गरेर चुनौतिको सामना गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण प्रसाद नेपाल, रुपन्देही बचत तथा ऋण सहकारी संघका वसन्त ढकालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण मिडियाकर्मी एवम कर्पोरेट प्रशिक्षक रुपेश श्र्रेष्ठले गर्नु भएको थियो भने तालिम सञ्चालन तथा व्यावस्थापन रुपन्देही सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत प्रकाश अधिकारीले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप