आज १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज जुलाईको पहिलो शनिवार १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोप्स् डे) विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले यस बर्षको नारा 'Cooperatives for sustainable development' अर्थात् ‘दिगो विकासका लागि सहकारी’ तय गरेको छ । 

सहकारीको मूल्य र सिद्धान्तबाट प्रेरित सहकारीको कार्यशैलीले कसरी दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गरेको हुन्छ भन्ने भाव नारामा अन्तर्निहित छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी प्रवर्धन र विकाससम्बन्धी समिति–कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् । 

नेपालमा पनि ३० औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाइँदैछ । सो अवसरमा महासंघले विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी पुरस्कारहरु प्रदान गर्ने कार्यक्रम रहेको छ । महासंघद्वारा राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित सम्मान तथा पुरस्कारहरु प्रत्येक बर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा प्रदान गर्दै आएको छ ।

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिदैं आएकोमा संयुक्त राष्ट्र संघीय महासभाले  समेत आइसीए स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सन् १९९२ मा सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई १ अर्थात् असार १६ गते शनिवार २९ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो । 

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आइसिएका अध्यक्ष एरियल ग्वार्कोले 'समयको साथसाथै हामीले अरूको आवश्यकतालाई सम्बोधन गर्ने तरिकामा प्रगति र अवरोध दुवैको सामना गरेका छौं । हामीले धेरै पीडा र अनिश्चितताका समयहरू भर्खरै मात्र पार गरेका छौं, र केही जुन अहिलेसम्म सहेका छौं । सामाजिक र आर्थिक असमानताका थिचोमिचो मुद्दाहरूले हाम्रो संसारलाई सताइरहेको छ, र तिनीहरूलाई समाधान गरिनुपर्छ । जब हामी निरन्तर हाम्रो उत्पादन र उपभोग विधिहरूमा आविष्कार गर्छौं, संसारले हामीलाई यसको बहुमूल्य पारिस्थितिकीय तन्त्रहरूको हेरचाह गर्न आह्वान गरिरहेको छ । यो सबै समय, लगभग दुई शताब्दीको लागि, एक प्रणाली हामीलाई हाम्रो आर्थिक र सामाजिक सम्बन्ध संगठित गर्न सक्षम गर्न उपलब्ध छ, एक प्रणाली जसले मानिसहरू, समुदाय र राष्ट्रहरूको दिगो विकासलाई वास्तविकता बनाउन सक्छ । यो प्रणाली एक मोडेल हो जुन हामीले सुदृढीकरण जारी राख्न प्रयास गर्छौं, विश्वलाई साँच्चै दिगो भविष्यको दिशामा अघि बढेको सुनिश्चित गर्न, हाम्रो निरन्तर सहयोग महवपूर्ण छ' भन्ने सन्देश व्यक्त गर्नुभएको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप