भक्तपुर । संस्थाको २५औं वार्षिक साधारणसभा, भावी नीति तथा कार्यक्रम र आ.व ०८०/०८१ को अनुमानित बजेट सम्बन्धमा छलफल गर्न भक्तपुर तालाक्व अवस्थित भक्तपुर किचेनमा बिस्तारित मञ्च कार्यदलका संयोजक कृष्णहरि सैंजुको समापतित्व र संस्थाका अध्यक्ष धनेश राज राजोपाध्यायको प्रमुख आतिथ्यतामा विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संचालक समिति, लेखा समिति, संस्थापक, सल्लाहकार, पुर्व अध्यक्षहरु, उपसमिति र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले विभिन्न व्यावसायिक रुपमा सञ्चालित र उद्देश्य भन्दा बाहिर गएर लगानी गरेका संस्थाहरुको कारणले गर्दा यसको केही प्रभाव सामूहिकमा पनि परेको कारण वचत वृद्धिमा समस्या देखिएको बताउनुभयो । त्यसैले अबका दिनमा BOUNCE BACK TO MEMBER लाई मध्यनजर गरी ठोस रुपमा सहभागीहरुबाट सुझाव संकलनका लागि यस्तो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा विस्तारित मञ्चको मुख्य विषयवस्तुहरु माथी प्रस्तुतिकरण गर्दै सचिव तथा विस्तारित मञ्च कार्यक्रमका संयोजक कृष्णहरि सैंजुले वर्तमान परिस्थिति भइरहेको आर्थिक मन्दी विश्वभर नै भइरहेको अवस्थामा सामूहिकलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पर्नसक्ने र यस्तो समयमा सेवा तथा उत्पादन, आत्मनिर्भर सेवाकेन्द्र निर्माण, नीतिगत बैठक सञ्चालन, तालिम शिक्षा र सूचना , भाषा , कला र संस्कृति सम्बन्धमा महत्वपूर्ण विषय सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
आ.व. २०८०।८१ का लागि अनुमानित बजेटमा कूल कारोवार रु ७९,३४,२३,४५६। सदस्य संख्या ७,९४१ जना शेयर पूँजी रु ६,९४,७९,३००। निक्षेप संकलन रु.६०,२१,३३,०३२। ऋण लगानी रु.६१,५७,३६,४९५ र संस्थागत पूँजी रु.४,८७,१९,६९५। पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु श्यामप्रसाद मुनंकर्मी, राजेश बहादुर श्रेष्ठ, माधव ध्वँजु सल्लाहकार विवेकमान कर्माचार्य लगायतका वक्ताहरुले पनि आफ्नो राय व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रममा लेखा समिति संयोजक नित्यनाथ श्रेष्ठबाट पनि लेखाको तर्फबाट बोल्दै नीति नियमहरु बनाउनु ठूलो कुरा होइन भएका नीतिहरु कार्यान्वयन हुनु जरुरी रहेको र सबैमा म र मेरो संस्था भन्ने भावना कायमहुनुपर्ने बताउनुभयो ।
आएका सुझावहरुमाथि प्रकाश पार्दै अध्यक्ष राजोपाध्यायले आएको सल्लाह सुझावहरु निकै गहकिला रहेको र अझै पनि यस विषयमा गहन छलफलका लागि चाँडै अर्कौ बैठक बस्ने र आवश्यक नीति ल्याउने बताउनुभयो । कार्यक्रमको समापनमा कार्यक्रमका सभापति सैँजुले महत्वपूर्ण राय सल्लाह सुझावका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा जम्मा ४५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन संचालक समिति सदस्य चन्द्रलाल भोमीले गर्नुभएको थियो ।
८ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१ दिन अगाडि
६ दिन अगाडि
२४ दिन अगाडि
१३ दिन अगाडि