ब्राण्डिङ कार्यक्रममा सहभागी रुपन्देहीका साकोसहरुबीच असल सिकाइ आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्राण्डिङ कार्यक्रममा सहभागी रुपन्देहीका साकोसहरुबीच असल सिकाइ आदानप्रदान

रुपन्देही । सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्पन्न गरिएको १९ औं कार्यकुशलता एवं सिकाई व्यवस्थापन कार्यशालाको अध्यक्षता सामूहिक विकास साकोसका अध्यक्ष सुरेन्द्र कुमार वर्माको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ  का सदस्य तथा जिल्ला सहकारी संघ लि. का अध्यक्ष भिम तुलाचनको प्रमूख आतिथ्यतामा भएको थियो । 

कार्यक्रमको सञ्चालन सामूहिक विकास साकोसका सचिव मिनप्रसाद पोख्रेलले गर्नुभएको थियो भने स्वागत एक्सेस कार्यदल संयोजक तथा संस्थाका कोषाध्यक्ष पार्थमणि आचार्यले गर्नुभएको थियो । 

कार्यक्रममा वोल्दै प्रमूख अतिथि भिम तुलाचनले सहकारी संस्थाहरुमा अहिले केहि विकृतिहरु मौल्याउदै गएकाले सहकारीले समाज रुपान्तरणका लागि गरेका कार्यहरु ओझेलमा पर्दै गएको बताउनुभयो । तसर्थ वित्तिय रुपमा सक्षम सदस्यमैत्री सहकारीहरुले यसका निराकरणका लागि संघको कार्यमा सहयोग गर्ने तथा सदस्य सन्तुष्टिका लागि अधिकतम कार्य गर्नका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपाने, नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीका प्रमुख प्रकाश अधिकारीले सहकारी संस्थाको गुणस्तरीय विकासका लागि एक्सेस व्राण्ड लगायतका व्राण्डिङ्ग कार्यक्रमबाट संस्थाको व्यावसायिकता वृद्धिका लागि अत्यन्त मद्दत पुग्ने विचार व्यक्त गर्नुभएको थियो । यसका साथै वरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपानेले सहकारी संस्थाहरुले ऋण लगानी तथा असुली एवं संस्थाको गुणस्तरीयता अभिवृद्धि गर्नका लागि गर्नुपर्ने क्रियाकलापको सन्दर्भमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यशालामा सहभागी संस्थाहरु सामूहिक विकास साकोसको तर्फवाट संस्थाका प्रमूख कार्यकारी अधिकृत देवराज ज्ञवाली, जनउत्थान साकोसको तर्फवाट संस्थाका व्यवस्थापक रनवहादुर थापा, नमूना महिला साकोसको तर्फवाट संस्थाका व्यवस्थापक मञ्जु गोदार, ग्रामिण वाल्मिकी साकोसको तर्फवाट संस्थाका सहायक अधिकृत अर्जुन क्षेत्री, सयपत्रि साकोसको तर्फवाट संस्थाका व्यवस्थापक  टिकाराम तिमिल्सिना, हाम्रो सुपर साकोसको तर्फवाट संस्थाका व्यवस्थापक विष्णु वस्नेतले आ आफ्ना संस्थाका गतिविधिहरुको वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

नेफ्स्कूनले आफ्नो गुणस्तरीय संस्था निर्माणका लागि आफ्ना सदस्य संस्थाहरुलाई विभिन्न गुणस्तरीयता वृद्धि गर्ने कार्यक्रममा सहभागिता गराउँदै आएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप