सहकारी सञ्चालनमा महिला नेतृत्व अब्बल छ : अध्यक्ष कंडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सञ्चालनमा महिला नेतृत्व अब्बल छ : अध्यक्ष कंडेल

काठमाडौं । बचत तथा ऋण सहकारी अभियानका महिला सञ्चालकहरुका लागि सहकारी मार्फत महिला सशक्तिकरण तथा कानुनी परामर्श विषयक दुई दिवसीय गोष्ठी भक्तपुरको नगरकोटमा आइतबार सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा असार १६ र १७ गते सञ्चालित गोष्ठीको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक एवम् महिला सशक्तिकरण उपसमिति संयोजक गोमा नेपालले गर्नुभएको थियो । 

गोष्ठी उद्घाटन सत्रमा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, अतिथिहरुमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, नेफ्स्कूनका पूर्व सञ्चालक एवम् जनप्रतिनिधि जनक खत्री, महिला सञ्चालकहरु क्रमशः विद्या कोइराला, मन्दरा मिश्र, कमलादेवी गिरी लगायत १८ जिल्लाका जिल्ला बचत तथा ऋण सहकारी संघका महिला पदाधिकारी तथा सञ्चालकहरु गरि २४ जनाको सहभागिता रहेको थियो । 

दुई दिवसीय गोष्ठीको पहिलो दिन शनिवार अधिवक्ता सरिता अधिकारीले संविधानमा सुनिश्चित महिला अधिकार, सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था लगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले महिलाको नेतृत्व विकास विषयक प्रस्तुतिकरण सहित प्रशिक्षण दिनुभएको थियो । आइतबार उत्प्रेरणात्मक वक्ता तथा महिला सशक्तिकरण प्रशिक्षक उशा मल्ल सिंहले महिला अधिकार र महिला सशक्तिकरणका विषयमा ‘मोटिभेशनल’ प्रशिक्षण दिनुभएको थियो । 

गोष्ठीका प्रमुख अतिथि, महासंघका अध्यक्ष कंडेलले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी मार्फत महिला सशक्तिकरण तथा कानुनी परामर्श विषयक गोष्ठी आयोजना गर्नु अत्यन्त समय सान्दर्भिक रहेको र यसले सहकारीमा महिला नेतृत्व विकासमा अत्यन्त महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको थिम सहित विश्वभर मनाइएको अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा नेपालको सहकारी अभियान मार्फत पनि दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिएको पहलकदमीको चर्चा गर्नुभयो । महिलाको नेतृत्व विकासमा सहकारीको भूमिकाबारे उल्लेख गर्दै अध्यक्ष कंडेलले ४० प्रतिशत महिला नेतृत्व सहकारीमार्फत विकास भएको औल्याउनुभयो । सहकारी सञ्चालनमा महिला नेतृत्वको भूमिका अब्बल रहेको समेत उहाँले प्रष्ट पार्नुभयो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संहकारी क्षेत्रमा महिलाको नेतृत्व अत्यन्त प्रभावकारी रहेको भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । पछिल्लो समयमा सहकारीमा देखिएका विद्यमान संकट तथा समस्यालाई हेर्दा महिलाको नेतृत्वमा सञ्चालित सहकारीहरु तुलनात्मक रुपमा जोखिम रहित पाइएको प्रशंङ्ग उल्लेख गर्नुभयो । महिलाको नेतृत्व भएका संस्थामा मात्र नभएर महिला समितिमा बसेर काम गरेको संस्थामा पनि चेक एण्ड ब्यालेन्स राम्रो रहेको उहाँले बताउनुभयो । 

नेफ्स्कूनमा महासचिव दामोदर अधिकारीले सहकारीको नेतृत्वले व्यक्तिगत इन्छा, आकांक्षालाई भन्दा पनि सदस्यको जिवनमा आर्थिक परिवर्तन ल्याउनका लागि परिणाममुखी र सकारात्मक कार्यका लागि सुझाव सल्लाह प्रदान गर्नुपर्ने बताउनुभयो । 

सञ्चालक मन्दरा मिश्रले स्वागत मन्तव्य व्यक्त गर्दै महिलाले घरदेखि समाज, समुदाय र संस्था सञ्चालनमा चुस्तता ल्याउने र सुशासन कायम गर्न हरसम्भव प्रयासरत रहने उदाहरण प्रस्तुत गर्दै सामाजिक दायित्व पुरा गर्न महिला नेतृत्व जिम्मेवार रहने स्पष्ट पार्नुभयो । 

सभाध्यक्ष गोमा नेपालले कार्यक्रमको औचित्यता माथि प्रष्ट पार्दै महिला नेतृत्व अव प्रारम्भिक सहकारी संस्थामा मात्र नभएर त्यो भन्दा माथि उठ्नसक्ने क्षमता विकास आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा झापा, मोरङ, सुनसरी, मकवानपुर, धादिङ, चितवन, जनकपुर, सर्लाही, सिरहा, रौतहट, कास्की, बागलुङ, स्याङ्जा, रुपन्देही, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेझाप जिल्लाबाट गरि १८ जिल्ला बचत तथा ऋण सहकारी संघका महिला प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप