सहकारी क्षेत्र सुधार सुझाव कार्यदललाई बचत ऋण सहकारी अभियानले बुझायो १० बुँदे सुझाव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्र सुधार सुझाव कार्यदललाई बचत ऋण सहकारी अभियानले बुझायो १० बुँदे सुझाव

काठमाडौं । बचत तथा ऋण सहकारी अभियानको तर्फबाट आज नेफ्स्कूनले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक एवम् राष्ट्रिय योजना आयोगका सदस्य डा. जय कान्त राउतलाई सहकारीका समसामयिक परिस्थितिभित्र तत्काल सुधार गर्न सकिने विषयहरु सम्बन्धमा सुझाव पेश गरेको छ । 

राष्ट्रिय योजना आयोगको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा नेफ्स्कूनका सल्लाहकारद्वय मिनराज कंडेल, ऋषिराज घिमिरे, संघका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहितको प्रतिनिधि टोलीले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. जय कान्त राउतलाई १० बुँदे सुझाव पेश गरेको हो । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको विशेष उपस्थिति रहेको थियो । सुझाव बचत तथा ऋण सहकारी अभियानका विभिन्न तहमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको तर्फबाट तयार गरिएको नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकालले बताउनुभयो । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले पेश गरिएका सुझावहरु वाचन गरेर सुनाउनुभएको थियो भने सुझावहरु सम्बन्धमा कार्यक्रममा उपस्थिति बचत ऋण सहकारी अभियानका प्रतिनिधि र विभागका रजिष्ट्रार घिमिरेबीच छलफल समेत भएको थियो । 

कार्यदलसमक्ष पेश गरिएका सुझावहरुमा वित्तीय सहकारी ( क्रेडिट यूनिययन) ऐन तत्काल जारी गर्नुपर्ने सम्बन्धमा, करसम्बन्धी व्यवस्था सम्बन्धमा, सहकारी ऐन,२०७४ को दफा ७८ (१) (ग) मा भएको सहकारी संस्थाले ऋण लगानी गर्दा वा जमानत वापत राखेको जग्गा दृष्टिबन्धक पारित गर्दा शुल्क नलाग्ने व्यवस्था कार्यान्वयन सम्बन्धमा, स्थिरीकरण कोषको कारोबारमा करछुट प्राप्त कारोबारको स्वीकृत सम्बन्धी रहेका छन् । त्यसैगरि सहकारी संस्था एकीकरण सम्बन्धमा, वित्तीय सहकारीको अनुगमन तथा नियमनको लागि छुट्टै नियामकीय संरचना र क्षेत्राधिकार सम्बन्धमा, व्याजदर व्यवस्थापन सम्बन्धमा, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र चालु आ.व.को खाताबन्दी सम्बन्धमा सुझाव पेश गर्दै यससम्बन्धमा विभागमार्फत स्पष्ट मार्गनिर्देशनका लागि समेत आव्हान गरिएको थियो । 

कार्यदलका संयोजक डा. राउतले सहकारीका समसामयिक समस्याहरुको समाधानका लागि सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर तत्काललाई अल्पकालिन र दीर्घकालिक समस्या समाधानका लागि दिर्घकालिन समस्या समाधानको बाटो पहिचानको काम अगाडि बढिरहेको बताउनुभयो । उहाँले अभियानको तर्फबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको र यसमा कार्यदलका सदस्यहरुबीच विस्तृत छलफल गरेर उहाँहरुले दिएका राय सुझावहरुमा तत्काल गर्न सकिने कामहरु अगाडि बढाइने बताउनुभयो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप