'नेफ्स्कूनको गुणस्तर सुनिश्चितताको कार्यक्रमले पब्लिक ट्रस्ट आर्जन गर्दछ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'नेफ्स्कूनको गुणस्तर सुनिश्चितताको कार्यक्रमले पब्लिक ट्रस्ट आर्जन गर्दछ’

पनौती, काभ्रे । नेफ्स्कूनले विगत लामो समयदेखि सफलतापूर्वक सञ्चालन गरेको गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षण कार्यक्रमको निर्देशिका अद्यावधिक गर्ने उद्देश्यसहित आजबाट काभ्रेपलाञ्चोकको पनौतीमा तीन दिने कार्यशाला सुरु भएको छ । यसअन्तर्गत पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) तथा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) को म्यानुअलमा समयानुकूल आवश्यक संशोधनसहित अद्यावधिक गरिनेछ ।

संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे रहनुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्याक्ष चन्द्रप्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, सञ्चालक घनश्याम अधिकारी, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना, सहकारी विभागका शाखा अधिकृतद्वय प्रेमराज लुईँटेल र प्रेम प्रसाद श्रेष्ठसँगै संघको गुणस्तर सुनिश्चिता कार्यक्रम हेर्ने देशैभरका कर्मचारीहरुको उपस्थिति रहेको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रजिष्ट्रार घिमिरेले नेफ्स्कूनको गुणस्तर सुनिश्चिता कार्यक्रम—प्रोवेशन, साकोसहरुको वित्तीय सुशासन, सहकारी मूल्य र मान्यता र सिद्धान्त मापन र परिक्षण गर्ने राम्रो औजार भएको बताउनुभयो । रजिष्ट्रार घिमिरेले भन्नुभयो, ‘तपाईहरुको कामले जनविश्वास (पब्लिक ट्रस्ट) आर्जन गर्दछ ।’ वित्तीय कारोबार संवेदनशील र जोखिमयुक्त हुने र कुनै पनि समय संस्थामा संकट निम्तन सक्ने भएकोले यस्तो विषयहरु मापन गर्ने कर्मचारीहरु दक्ष र प्राविधिक रुपमा जानकार भएर मात्र नहुने मूल्य मान्यता र नैतिक आचरण आन्तरिकीकरण गरेको समेत हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘काम गर्ने सिलसिलामा चुनौतीहरु आउँछन्, तपाईहरुले सामना गर्नुपर्छ तर आत्तिनुहुँदैन अनि अधिकारसँग मात्तिनु पनि हुँदैन ।’

रजिष्ट्रार घिमिरेले गुणस्तर सुनिश्चिताको कार्यक्रमलाई वस्तुपरक, बैज्ञानिक र बैधानिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यसले गर्दा कार्यक्रमको सर्वस्वीकार्यता बढाउँदछ । सदस्य र सरोकारवालाहरुले स्वीकार गर्न सक्ने बनाउँदछ । यसका लागि तपाईहरुको यो बसाइ फलदायी हुनेछ भन्ने विश्वास लिएको छु ।’

सहकारी विभागले गर्नुपर्ने साकोसहरुको गुणस्तर सुनिश्चिताको काम नेफ्स्कूनले गरिहेकामा रजिष्ट्रार घिमिरेले प्रशंसा गर्नुभयो । ‘साँच्चै भन्ने हो भने तपाईहरुको काम सहकारी विभागको अधिकार प्रत्यायोजन हो,’ उहाँले भन्नुभयो, ‘रजिष्ट्रारको अधिकारको आशिंक प्रत्यायोजन हो । रजिष्ट्रारको आवाज तपाईहरु समुदायमा पुर्याउँदै हुनुहुन्छ ।’ सहकारी विभागले प्रोवेशन कार्यक्रमलाई प्रमाणीकरण गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेका कारण यसको अन्तिम जवाफदेहीता विभागसँग रहने उहाँको भनाइ थियो । नेफ्स्कूनका अनुगमन अधिकृतहरुले उक्त संवेदनशीलता र गहन जिम्मेवारीलाई ख्याल गरेर काम गर्नुपर्नेतर्फ रजिष्ट्रार घिमिरेले सचेत गराउनुभयो ।

उद्घाटन कार्यक्रममा संघका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानको चालक पक्ष नेफ्स्कून, परिचालक सरकार र औजार संघका कर्मचारी भएको बताउनुभयो । कर्मचारीको दक्षता, ज्ञान र सीपलाई तिर्खान यो कार्यशाला महत्पूर्ण हुने दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहकारी सिद्धान्तको रक्षक राज्य हो र रक्षाको निम्ति औजार ऐन हो । त्यही ऐन बोकेर तपाईहरु मैदानमा जानुहुन्छ । रजिष्ट्रारको भ्वाइस लिएर सहकारीको माध्यमबाट समाजमा पुर्याउने काम जनजनमा पुर्याउने काम कर्मचारीहरुले गर्ने भएकाले हामी जागरुक हुनुपर्छ ।’

‘सरकारले बनाएका कानून परिपालनाको विषयमा हामी सम्झौता गर्दैनौं, अध्यक्ष पौड्यालले भन्नुभयो, ‘तर विमतिहरु एक ठाउँमा बसेर समाधानको प्रयास र पहल गर्छौं । उहाँले प्रष्ट पार्नुभयो, ‘हामी सरकारको साझेदार हौं ।’

एक अर्को प्रसङ्गम अध्यक्ष पौड्यालले बजारमा अवाञ्छित ढंगले सहकारीको सफ्टवेयर प्रयोग भैरहेकोतर्फ नियामक निकायको ध्यानाकर्षण गराउँदै सफ्टवेयर अडिटको आवश्यकतामा जोड दिनुभयो । ‘सफ्टवेयर प्रयोगमा निश्चित मापदण्डसहित शुद्धीकरण र सवलीकरण आवश्यक छ’ अध्यक्ष पौड्यालले भन्नुभयो, ‘विभागले त्यसको अनुगमन गर्नुपर्छ । अब त्यसको समाधानको रुपमा पनि नेफ्स्कूनले इआरपी ल्याउन लागेको अध्यक्ष पौड्यालले दाबी गर्नुभयो । अध्यक्ष पौड्यालले भन्नुभयो, ‘सञ्जाल व्यवस्थापनभित्र भित्र साकोसको साझा संस्कृति निर्माण हुन्छ जसको माध्यम नेफ्स्कूनले विकास गरिरहेको इआरपी हुन्छ ।’ अहिले सहकारी क्षेत्रमा चुनौती रहेको स्वीकार्दै उहाँले समस्याकै बीचमा आशाको किरणलाई जीवन्त बनाउने अभियानमा यो बसाइ सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको परिचय नै गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु भएको बताउँदै यो कार्यक्रमलाई समय, सदस्य र वातावरण अनुकूल बनाउँदै लान कार्यशाला आयोजना गरिएको प्रष्ट पार्नुभयो ।

प्रविधिकरणलाई नेफ्स्कूनले बिशेष जोड दिएका कारण यसले पनि गुणस्तर सुनिश्चितताको कार्यक्रमलाई अझ परिस्कृत बनाउने उहाँको भनाइ थियो । ‘विभागले प्रोवेसन कार्यक्रमको प्रमाणीकरण गर्ने विषयमा अपनत्व लिएका कारण पनि हामीलाई थप उत्साहित र काममा दिलोज्यान दिएर लाग्ने प्रेरणा र हौसला थपेको छ, ’बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘यो हौसला र उर्जा तपाईहरुको काममा झल्कनुपर्दछ ।’ उहाँले म्यानुअल अद्यावधिक गरेको विषय लागू गरेर जाने र यस कार्यमा विभागको पनि संलग्नताले नेफ्स्कूनले झनै हर्षित भएको बताउनुभयो । संघको मानव संशाधनको दक्षता संघको छविसँग सिधै जोडिएको भन्दै यसलाई ख्याल गरेर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका महासचिव दामोदर अधिकारीले यो तीन दिने कार्यक्रमले संघका गुणस्तर सुनिश्चितता कार्यक्रमलाई थप परिस्कृत र परिमार्जित बनाउँदै बद्लिदो परिस्थितिमा सदस्य साकोसहरुको अपेक्षाहरुको सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसका लागि संघको सदस्य सेवा विभाग अन्तर्गतको मानव संशाधन तीन दिनसम्म घनीभूत अन्तरक्रियात्मक छलफलमा जुट्ने बताउनुभयो । दक्ष जनशक्तिको कौशलमार्फत नै संघको प्रतिष्ठा वृद्धि हुने भन्दै महासचिव अधिकारीले मानव संशाधनलाई तिर्खार्दै लाने, निखार्दै लाने रणनीतिक योजनाअन्तर्गत नै यो महत्वपूर्ण कार्यक्रम राखिएको प्रष्ट पार्नुभयो । उहाँले आफु पनि यस कार्यमा सक्रिय सहभागी हुने बताउनुभयो । महासचिव अधिकारीले भन्नुभयो, ‘यो बसाइको निष्कर्षले साकोस अभियानलाई थप सबल बनाउँछ । यो बसाइमा विभागबाट पनि सक्रिय सहभागितासहितको संलग्नताले हामीलाई हौसला प्रदान गरेको छ ।’

उक्त अवसरमा नेफ्स्कूनका अनुगमन अधिकृतहरुले कार्यक्षेत्रमा भोगेका नीतिगत तथा कानूनी समस्या र जिज्ञासा र कौतुहलताको रजिष्टार अधिकारीले सम्बोधन गर्नुभएको थियो । कार्यशालामा सहभागीहरुले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, सहकारी एकीकरण, स्थिरीकरण कोष तथा स्तरीकरण कार्यक्रम, सफ्टवेयर, आयकर, जोखिकका आधारमा साकोसहरुको वर्गीकरण, विनियम पुनर्लेखन, ऐन कार्यान्वयनमा देखिएका विरोधाभाष, फिट एन्ड प्रपर टेस्ट आदिका बारेमा जिज्ञासा राखेका थिए । उद्घाटन कार्यक्रम संघका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप