पोखरा । सहकारीको ऋण नतिर्नेलाई पोखरा महानगरले प्रदान गर्ने सेवा सुविधा रोक्ने निर्णय गरेको छ ।
महानगरले सूचना जारी गर्दै लिएको ऋण नतिर्ने कल्पना गरे त्यो आफैमा प्रत्युत्पादक हुने र त्यस्ता गतिविधिविरुद्ध महानगर हदैसम्म कठोर भएर कानुनी कारवाहीमा उत्रने चेतावनी दिएको हो । महानगरले आफ्नो नियमन क्षेत्राधिकार भित्र रहेको सहकारीका ऋणीहरुलाई समयमै ऋणको साँवा, ब्याज, किस्ता भुक्तानी गर्न पनि अनुरोध गरेको छ ।
महानगरले निर्देशन विपरीत कार्य गर्नेलाई पोखरा महानगरपालिका सहकारी ऐन २०७५ को दफा ६० बमोजिम जायजेथाबाट असुलीको प्रक्रिया अघि बढाइने र साथै महानगरद्वारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने पनि बताएको छ ।
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि