भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आर्थिक वर्ष २०७९/८० को समिक्षा तथा आ.व. २०८०/०८१ को नीति, कार्यक्रम एवं बजेट तर्जुमा गोष्ठी भक्तपुरमा सञ्चालन भएको छ ।
बजेट तर्जुमा गोष्ठी संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको थियो । असार २६ र २७, दुई दिन सञ्चालन हुने गोष्ठीमा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, सञ्चालक समितिका सदस्य, लेखा सुपरिवेक्षण समितिका सदस्य, निमित्त प्रमुख कार्यकारी अधिकृत र विभागीय प्रमुखहरुको उपस्थिति रहेको छ ।
गोष्ठीमा शुभकामना मन्तव्य बरिष्ठ उपाध्यक्ष ढकालले र कार्यक्रम सञ्चालन महासचिव अधिकारीले गर्नुभएको थियो ।



७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
३५ दिन अगाडि
२४ दिन अगाडि
९ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि
३३ दिन अगाडि