प्रोबेसन कार्यक्रम आबद्धता सँगै लेखनाथ सामुदायिक साकोसले गर्यो सहकारी सिद्धान्त अवलम्बनको प्रतिबद्धता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन कार्यक्रम आबद्धता सँगै लेखनाथ सामुदायिक साकोसले गर्यो सहकारी सिद्धान्त अवलम्बनको प्रतिबद्धता 

कास्की । पोखरा–२७, तालचोकमा रहेको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको राष्ट्रिय स्तरको कार्यक्रम हो । 

साकोसको सभाहलमा आज आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का र साकोसका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद पौडेलले कार्यक्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।  सो अवसरमा साकोसका अध्यक्ष  मेजर रामप्रसाद गुरुङ, सञ्चालक लक्ष्मी बास्तोला, उणउपसमिति सदस्य देववहादुर सुनार, उपप्रवन्धक विष्णु प्रसाद चापागाईं, सहायक प्रवन्धक सारदा रेग्मी पोख्रेल र नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयका प्रमुख सुर्य प्रसाद तिमल्सिनाको उपस्थिति थियो । 

समुदाय केन्द्रित लेखनाथ सामुदायिक साकोसमा हाल १ हजार ५६ जना शेयर सदस्य छन् भने कुल वासलात ३१ करोड १६ लाख ६२ हजार रहेको छ । सदस्यहरुको विश्वास जिल्न सफल लेखनाथ सामुदायिकले आफुलाई सुशासनमा अब्बल बनाउने उद्देश्यसहित नेफ्स्कूनद्वारा सञ्चालित राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा अभ्यासरत रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

सहकारीको सिद्धान्त पालना नगर्ने साथै सुशासनमा नचलेका केही सहकारी संस्थाहरुमा पछिल्ला दिनहरुमा समस्या उब्जिएसँगै समुदायमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, व्यवस्थापन पक्ष र सदस्यहरु सचेत बन्दै गईरहेका छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप