सहकारीको शीर्षस्थ निकाय महासंघ र बचत ऋण सहकारी अभियानबीच सहकारीका समसामयिक विषयहरुमा छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको शीर्षस्थ निकाय महासंघ र बचत ऋण सहकारी अभियानबीच सहकारीका समसामयिक विषयहरुमा छलफल 

काठमाडौं । बचत तथा ऋण सहकारी अभियानको केन्द्रीय संघ नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ, बागमती प्रदेश बचत संघ र काठमाडौं, भक्तपुर र काभ्रे जिल्ला बचत संघका प्रतिनिधिहरुबीच सहकारी अभियानका समसामयीक विषयमा छलफल भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा संघको सभाहल नयाँबानेश्वरमा आयोजित छलफल कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको संयोजकत्वमा भएको थियो । कार्यक्रममा संघका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ, जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, नेफ्स्कूनका व्यवस्थापन प्रमुख सञ्जयराज तिमिल्सीना र जिल्ला बचत संघ काभ्रेका प्रवन्धक गुरु प्रसाद ढकालको उपस्थिति रहेको थियो । त्यगैगरि छलफलका क्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको विशेष उपस्थिति रहेको थियो । 

छलफलका क्रममा सहकारी अभियान सबलीकरणका लागि नीतिगत समझदारी र सञ्जाल साझेदारी अभिवृद्धिका लागि रणनीतिक पहलकदमी साथै सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको अन्तिम प्रतिवेदनमा समावेश गर्न आवश्यक सुझावहरु पेश गर्ने सम्बन्धी निर्णयहरु गरिएको थियो । 

त्यसैगरि महासंघले कोप भिजन, २०३० कार्यान्वयन सम्वन्धी कार्ययोजनामा थप छलफल गरी सहकारी अभियानको साझा दस्तावेज बनाउने, सहकारीको आयकर व्यवस्थालाई यथावत कायम गर्न महासंघको नेतृत्वमा लविङ जारी राख्ने, प्रदेश बचत संघबीच सञ्जाल साझेदारी सुदृढीकरण गर्ने, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण गठनका लागि निरन्तर लविङ गर्ने विषयमा सहभागीहरुले आआफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप