रामेछापका ३ साकोस कर्ब्स कार्यक्रममा आवद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापका ३ साकोस कर्ब्स कार्यक्रममा आवद्ध 

रामेछाप । रामेछाप जिल्लामा सञ्चालित तीनवटा बचत तथा ऋण सहकारी संस्था जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएका छन् । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

रामेछापको गोकुलगंगा गाउपालिका रस्नालुमा सञ्चालित किस्मत साकोस, मन्थली नगरपालिका चिसापानीमा सञ्चालित समावेशी साकोस र लिखु तामाकोशी गाउँपालिका धोविमा सञ्चालित नवसन्देश साकोस कर्ब्स कार्यक्रममा सहभागी भएका हुन् । 

कर्ब्स कार्यक्रममा आवद्ध भएका ३ वटै साकोसको मुख्य कार्यालयमा साकोसका सञ्चालक समिति, कर्मचारी सहितको उपस्थितिमा क्रमशः श्रावण ६, ७ र ८ गते  किस्मत साकोस, समावेशी साकोस र नवसन्देश साकोसमा छुट्टा छुट्टै संक्षिप्त अभिमुखीकरण कार्यक्रम सहित सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा नेफ्स्कूनको तर्फवाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयका प्रमुख सूर्य बहादुर थापाको उपस्थिति रहेको थियो ।

साकोसका प्रतिनिधिहरुले वित्तीय सहकारीले पैसाकैमात्र कारोवार गर्ने हुनाले जोखिम अत्याधिक हुने र साकोस सञ्चालनमा आईपर्ने जोखिमलाई न्युनिकरण गर्नको निमिक्त नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । सहकारी स्वनियमनमा चल्ने र सदस्यहरुको सम्पत्तीमा सदस्यहरुबाटै नियन्त्रण हुने भएकोले सुशासित, भरपर्दो, विश्वसनिय साकोस निर्माण गर्दै यसको निरन्तरताको लागि आन्तरिक नियन्त्रण प्रणलीलाई सुरुवातबाटै व्यवस्थित बनाउन सक्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिनुभयो ।

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप