जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा जोडियो चितवनको फिस्लिङ साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा जोडियो चितवनको फिस्लिङ साकोस

काठमाडौं । ईच्छाकामना गाउँपालिका वडा नं.३, फिस्लिङमा सञ्चालित फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघको सहकार्यमा फिस्लिङ साकोस जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी भएको हो ।  

साकोसको कार्यालयमा श्रावण ९ गते आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसक अध्यक्ष गोवर्धन अधिकारी, चितवन जिल्ला बचत संघका सचिव सुदिप रेग्मी र नेफ्स्कूनको तर्फबाट सञ्चालक विद्या कोईरालाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

कार्यक्रममा चितवन जिल्ला बचत संघका कोषाध्यक्ष गोविन्द भट्टराई, फिस्लिङ साकोसका सहसचिव कंचन गुरुङ, सञ्चालक रण बहादुर बुढाथोकी, ऋण उपसमिति सदस्य जित बहादुर प्रधान, सदस्य रामजी थापा, चितवन जिल्ला बचत संघका कार्यक्रम अधिकृत पुरुषोत्तम ढकाल र फिस्लिङ साकोसका व्यवस्थापक लक्ष्मण श्रेष्ठको उपस्थिति रहेको थियो । 

सहकारी ऐन, नियम तथा संस्थागत नीति, विधि पालना गर्दै प्रभावकारी सहकारी सञ्चालन र वित्तीय सुशासन स्थापित गर्न जोखिम सुपरिवेक्षण कार्यक्रम उपयोगी रहने नेफ्स्कूनकी सञ्चालक एवम् चितवन जिल्ला बचत संघकी अध्यक्ष कोईरालाले  बताउनुभयो ।   

सहकारीको सिद्धान्त पालना नगर्ने साथै सुशासनमा नचलेका केही सहकारी संस्थाहरुमा पछिल्ला दिनहरुमा समस्या उब्जिएसँगै समुदायमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, व्यवस्थापन पक्ष र सदस्यहरु सचेत बन्दै गईरहेका छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप