‘नेफ्स्कून स्तरीकरण कार्यक्रमबाट बचत तथा ऋण सहकारी संस्था सुरक्षित बनेका छन्’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेफ्स्कून स्तरीकरण कार्यक्रमबाट बचत तथा ऋण सहकारी संस्था सुरक्षित बनेका छन्’

मोरङ । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध मोरङ पहिलो क्लष्टरको १२औैँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला पञ्चमुखी साकोस, लेटाङ, (मोरङ) को आयोजना तथा नेफ्स्कून र जिल्ला बचत संघ मोरङको प्राविधिक सहयोगमा श्रावण १९ गते सम्पन्न भएको छ । 

कार्यक्रममा उत्तरी मोरङ लगायत क्षेत्रका आयोजक साकोस सहित ८ वटा साकोसबाट ३५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको अध्यक्षता आयोजक साकोसका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेफ्स्कूनका सञ्चालक सदस्य गोमा नेपाल रहनु भएको थियो । विशेष अतिथिमा जिल्ला बचत संघ मोरङका बरिष्ठ उपाध्यक्ष एकराज निरौला र अतिथमा सञ्चालक सदस्य गोपाल बारकोटी एवम् लेटाङ नगरपालिका ८ नं. वडा सदस्य नविन लिम्बु रहनु भएको थियो ।

कार्यक्रमका अतिथि गोपाल बारकोटीले संस्थामा गुणस्तर सुनिश्चितता कार्यक्रमको पूर्ण रुपमा कार्यान्वयन, सहकारी ऐन, २०७४ को व्यवस्था कार्यान्वयन गरी सुरक्षित रुपमा संस्था सञ्चालन भई सञ्चालकहरु ढुक्कले निदाउन सकिने बताउनु भयो । त्यसै गरी विशेष अतिथि एकराज निरौलाले मन्तव्यका क्रममा संस्थामा समस्या आफैं नआउने र त्यही भित्रबाट सञ्चालनमा त्रुटि भए मात्रै समस्या सिर्जना हुने, बजारका अनावश्यक हल्लाको पछि नलागी सहकारीको मर्म अनुरुप सहकारी सञ्चालन हुनु पर्ने बताउँदै यस वर्ष सदस्यहरुसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्दै संस्थाको अनुगमन गरी अभियानलाई सुरक्षित गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि गोमा नेपालले २०६१ देखि २०६५ सम्म संस्थागत विकासले सिकाएका विभिन्न असल अभ्यासलाई सम्झाउँदै त्यो बेला र अहिलेको सहकारीको सिकाई बारे चर्चा गर्नु भएको थियो । साथै कर्ब्स कार्यक्रम कार्यान्वयनको सिलसिलामा पर्ल्सको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भएको थियो । सहकारीमा विभिन्न खाले समस्या आईरहेका बेला मोरङका सहकारीमा समस्या नरहेको, स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषले संस्थालाई सुरक्षित बनाउने र अब संस्थाले स्तरीकरण कार्यक्रम मार्फत हासिल गरेका उपलब्धिलाई अडिट गर्नुपर्ने जानकारी गराउनु भएको थियो ।

 कार्यक्रमको अध्यक्षता गर्नु हुने आयोजक साकोसका अध्यक्षले उद्घाटन सत्रको समापनका क्रममा कर्ब्स कार्यक्रम मार्फत सहकारी बारे बुझेर कार्यान्वयन र कर्ब्स कार्यक्रमले लक्षित गरेका कार्य योजना अनुसार साकोसका सूचकहरु पुरा गर्न सफल भएको, चार वर्षमा सहकारीमा केही उपलब्धि हासिल गरी समुदायमा सदस्य केन्द्रित भई अझ शसक्त भई सदस्य सेवामा लाग्ने बताउनु भयो । उद्घाटन कार्यक्रमको सञ्चालन आयोजक साकोसका सचिव रमेश खतिवडाले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत पवन घिमिरे र जिल्ला बचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले गर्नु भएको थियो ।

उक्त कार्याशालामा क्लष्टरमा आवद्ध साकोसहरुको पर्ल्स रिपोर्टलाई कम्पायल गरेर प्रस्तुतीकरण गरिएको थियो । कर्ब्स म्यानुअल अनुसार कोस्माइलका सूचकहरुको स्लाइड तयार गरी प्याकेज प्रस्तुतीकरण गरिएको थियो । त्यसरी नै साधारणसभामा प्रस्तुत गर्ने प्रतिवेदनको ढाँचाका बारेमा र साधारणसभाको माइनुट लेखन सम्बन्धी नमुना प्रस्तुत गरी नियामक निकायमा पठाउने साधारण सभाको नमुना माइनुटका बारेमा समेत छलफल गरिएको थियो । आगामी १३औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला नेवाः साकोस मोरङको आयोजनामा गर्ने समेत निर्णय भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप