अभियानको तर्फबाट ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ लाई सुझाव पेश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानको तर्फबाट ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ लाई सुझाव पेश

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले गठन गरेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ लाई अभियानको तर्फबाट सुझाव प्रदान गरिएको छ । राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिहरुले विहिबार ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ का संयोजक एवं राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलाई सुझाव पेश गर्नुभएको हो । राष्ट्रिय योजना आयोगको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच अभियानका प्रतिनिधिहरुमार्फत संयुक्त सुझाव साथै बैंक, नेफ्स्कून र प्रोस्कूनले पनि छुट्टा छुट्टै सुझावहरु पेश गरेको थियो । 

सहकारी अभियानको तर्फबाट तत्काल कार्यान्वयन गर्नुपर्ने प्रस्तुत सुझावहरुमा समस्या उन्मुख संस्थाहरूको अध्ययन विश्लेषण गरी रकम अपचलन गर्ने सञ्चालक र कर्मचारीहरूको तत्काल सम्पत्ति रोक्का, वैदेशिक यात्रामा रोक, ऋण वा सञ्चालकको परियोजनामा लगानी गरेको भए असुलउपर गरी सदस्यहरूलाई रकमका आधारमा फिर्ता गर्दै लैजाने, सहकारी प्रवर्धन कोषको रकम महासंघमार्फत परिचालन गरी अनुगमन तथा सुपरिवेक्षण, सुशासन प्रवर्धन तथा सहकारीका असल अभ्यासहरूको प्रचार प्रसार गर्दै आमसमुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने, संस्थाहरूबाट समेत र सरकारको विभिन्न कोषबाट राष्ट्रिय सहकारी बैंकमार्फत तरलता व्यवस्थापन कर्जा दिने, वित्तीय कारोबार गर्ने संस्थाको कार्यक्षेत्र विस्तार एवं सेवा केन्द्र स्थापनामा पूर्ण रोक लगाउने, सहकारी कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष एवं कर्जा असुली न्यायाधीकरण तत्काल स्थापना गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउने, सम्पत्ति तथा दायित्वका आधारमा सहकारी संघ संस्थाको बर्गीकरण गरी तथा जोखिमका आधारमा सघन सुपरिवेक्षण गर्ने, सार्वजनिक रूपमा अनिवार्य त्रैमासिक संस्थागत खुलासा सार्वजनिक मिडियामा गर्नुपर्ने आदि रहेका छन् ।

सुझाव पेश गर्ने क्रममा अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोख्रेल, महांघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायत सहकारी बैंकका सञ्चालकहरु, महासंघ, केन्द्रीय संघहरु, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ लाई सुझाव प्रदान गर्न राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकले केही समय अघिदेखि संयुक्त आयोजनामा देशव्यापी सुझाव संकलन गरेका थिए । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप